रौतहट - जंगली हात्तीको आक्रमणमा परी रौतहटको भसेढवा गाउँ विकास समिति वडा नम्बर ६ का एक वालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय मंगल वैठाको १२ बर्षीया छोरी शान्ता वैठाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
सोमबार राति १२ बजेको समयमा जंगली हात्ती गाउँमा छिरी वैठाको घरमा आक्रमण गरको थियो। सुतिरहेकी छोरीलाई हात्तीले मारेको प्रहरी उपरीक्षक गोबिन्दराम परीयारले बताए।
जंगलबाट ४/५ वटाको संख्यामा आएका हत्तीले दुइ फुसको घर भत्काए। हात्ती आएको स्थानीयले खबर गरेलगतै सुरक्षाकर्मी गाउँ परिचालन भएका थिए। गाउँले र प्रहरील हात्ती भगाएका थिए।
0 comments:
Post a Comment