काठमाडौं - कमाउन भारत गएका जाजरकोट टालेगाउँका छजना युवाको पहिरोमा परी मृत्यु भएको छ। उत्तराखण्डको गौरीकुण्डमा बुधबार राति गएको पहिरोमा परी टालेगाउँ–४ का २७ वर्षे अभिबहादुर सिंह, २० वर्षे वीरेन्द्र सिंह, १६ वर्षे वसन्त सिंह, १७ वर्षे धीरेन्द्र सिंह, ३० वर्षे गणेशबहादुर सिंह र टालेगाउँ– ७ का १८ वर्षे हरिबहादुर शाहीको मृत्यु भएको हो।
जाजरकोट नागरिककर्मी जनक केसीका अनुसार उनीहरू गत वैशाख १४ मा मजदुरी गर्न गौरीकुण्ड गएका थिए। गाउँमा रोजगारी नभएपछि पढाइ र घरपरिवार छाडेर उनीहरू भारत गएका स्थानीय जनकबहादुर सिंहले बताए। एकै गाउँका ६ जना युवाको निधनले गाउँ शोकमग्न छ। सदरमुकाम खलंगाको भेरी ज्ञानोदय क्याम्पसमा बिएड दोस्रो वर्ष अध्ययनरत अभिबहादुर दुई महिनाअघि मात्र भारत गएका थिए। मृतक एकअर्कामा नातेदार थिए। आफन्तले शव घरसम्म ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गरेका छन्। 'शव कस्तो अवस्थामा छ भन्ने जानकारीसमेत छैन, सरकारले पहल नगरे कुकुर, बिरालाको झैं शव विदेशमा सड्ने सम्भावना छ,' मृतक अभिबहादुरका बाबु नयनबहादुरले दुखेसो गरे।
Friday, June 21, 2013
भारतको पहिरोमा पाँच नेपाली
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment