काठमाडौँ, असार ४ गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले निर्वाचनमा भाग लिन्न भन्ने दलको मुलुकमा कुनै अर्थ नहुने तर्क प्रस्तुत गर्नुभयो ।
उहाँले मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने दृढता व्यक्त गदैँ– ‘जसले जति धम्कि दिए पनि निर्वाचन हुन्छ । निर्वाचनको विरोधमा जानेले जनतासँग भिड्नु पर्छ । जनता उठ्दा बादशाह त हारेका छन् । निर्वाचनमा भाग नलिने आफै जनताको अघि जवाफदेहि हुनु पर्छ ।’ उहाँले भन्नुभयो ।
रिपोर्टर्स क्लबमा आयोजित नेपालमा अनारको संभावना र चुनौति विषयक अन्र्तक्रियामा उहाँले राष्ट्रको अस्तित्व नै संकटमा परेको बेला निर्वाचनको विरोध गर्नु राष्ट्रियता विरोधी काम भएको भन्दै निर्वाचनमा अवरोध गरे सरकारले त्यसलाई दृढतापूर्वक प्रतिवाद गरेर हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
निर्वाचन जनताको अधिकार प्रयोग गर्ने एकमात्र थलो भएकोले त्यसलाई जनताको लागि राजनीति गर्ने दलहरुले सम्मान गर्र्न नेता गौतमको आग्रह गर्नुभयो ।
Tuesday, June 18, 2013
निर्वाचनमा भाग नलिने दलको मुलुकमा कुनै अर्थ हुन्न– उपाध्यक्ष गौतम
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment