काठमाडौ,२२ पुस । नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सहमतिको प्रधानमन्त्रीको रुपमा नाम दिनु भएका काग्रेस सभापति सुशिल कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले सभापति कोइराला कहिले पनि प्रधानमन्त्री पदको लागि ईच्छुक नभएको स्पष्ट पार्दै नेकपा एमालेले दवाव दिएको कारण मात्र उमेदवारी प्रस्तुत गरेको बताईन । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा नेतृ कोइरालाले नेपालको राजनीति एमाओवादी र काग्रेसको वरीपरी घुमेकोले यि दुई दल मिलेर नै मुलुकलाई निकास दिनु पर्ने सुझाव दिईन । उनले प्रचण्डको प्रस्ताव अनुसार गृहमन्त्रालय लिएर काग्रेस अहिलेको सरकारमा जानु पर्ने धारणा राख्दै पार्टीलाई साईडमा राखेर मुलुकलाई फाईदा हुन्छ भने काग्रेसले त्यस्तो निर्णय गरेर मुलुकलाई निकास दिनु पर्ने बताईन । साक्षात्कारमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले अहिलेको सरकारलाई सहमतिको स्वरुप दिएर सबै वाधा फुकाएर निर्वाचनमा जानु नै अहिलेको लागि सबैभन्दा सहज उपाय भएको भन्दै पुस २५ गतेसम्म सहमति नभए संविधानसभाको पुनःस्थापनामा जानु पर्ने तर्क गरे । उनले भने–धेरैको चाहना पनि पुनःस्थापना नै हो । फेरि यसले खर्च बचाएर मुलुकलाई निकास पनि दिन्छ । उनले प्रधानमन्त्री भट्टराईको नेतृत्व स्विकार नहुँदा कोइरालाको विकल्प पनि स्विकार्य नहुने स्पष्ट पार्दै आफूहरुले अघि सारेको सत्तारुढ गठबन्धनबाट र स्वतन्त्र ब्यक्तिको विकल्पमा पनि दलहरु सहमति हुन नसकेको अवस्थामा पुनःस्थापना सहमतिको विन्दु हुने तर्क गरे । पौडेलले पुनःस्थापना भए फुटेका पार्टीहरु फुटेकै रुपमा मान्यता प्राप्त हुने समेत साक्षात्कारमा स्पष्ट पारे । दलहरु बाहिर सार्वजनिक भए जस्तो सात बुँदे सहमतिको नजिक पुगेको दावी गर्दै केवल अहिलेको सरकारमा एक मिनेट पनि सहभागि नहुने विपक्षीहरुको अडानका कारण सहमतिले मुर्त रुप पाउन नसकेको खुलासा गरे ।
Tuesday, June 18, 2013
काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment