Tuesday, June 18, 2013

संसदबाटै राजसंस्था पुन:स्थापित गछौँ- थापा

हेटौंडा, असार ४ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको संविधानसभा चुनावले राजसंस्था पुनस्र्थापित गर्ने दाबी गर्नुभएको छ ।
पूर्वराजाले हेटौंडाका विभिन्न धार्मिक स्थलको भ्रमण गरेको भोलिपल्ट मंगलबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले चुनावमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दाबी गर्दै यस्तो बताउनुभएको हो ।
‘जसरी संसदबाट गणतन्त्र घोषणा गरिएको थियो, त्यसैगरी हामीले बहुमत ल्याएपछि राजसंस्था पुनस्र्थापित गर्छा ।’ उहाँले भन्नुभयो, ‘तर त्यो पहिलेको जस्तो होइन, अहिलेका गणतन्त्रवादीलाई पनि स्विकार्य हुनेखालको हुन्छ ।’ उहाँले अबको चुनावमा राप्रपा नेपाल अग्रणी शक्ति बन्ने दाबी गर्दै अप्रत्याशित नतिजा आउने जिकिर गर्नुभयो । ‘हामी सरकारको नेतृत्व गर्ने तयारीका साथ चुनावमा होमिएका छौं’ उहाँले थप्नुभयो ।
सबै ४ सय ८० सिटमा पार्टीले उमेद्बारी दिने जानकारी दिँदै थापाले कसैसँग पनि चुनावी एकता नहुने तर केही ठाउँमा भने परिस्थितीअनुरुप चुनावी तालमेल हुनसक्ने बताउनुभयो । सनातन हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र, राष्ट्रिय अखण्डता र आर्थिक उदारवादको धरातलमा उभिएर समृद्ध नेपालको परिकल्पनासहित जनतासमक्ष जाने थापाले बताउनुभयो । खुला बजारमुखी उदार अर्थतन्त्र आर्थिक विकासको मेरुदण्ड हो भन्दै थापाले भन्नुभयो, ‘आगामी १० बर्षभित्र आर्थिक वृद्धिदर २ अंकमा पु¥याउने, १५ वर्षभित्र युवा शक्तिको विदेश पलायन रोक्ने र ५ बर्ष भित्र लोडसेडिङ सदाका लागि अन्त्य गर्ने दीर्घकालिन योजनाका साथ हामी घोषणा पत्र तयार गर्दैछौं ।’
चुनावको मिति घोषणा हुनुलाई आफ्नो पार्टीले सकारात्मक लिएको भन्दै थापाले आफूहरुले केन्द्रदेखि जिल्लासम्म कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिइसकेको बताउनुभयो । चुनावको बिरोधमा रहेका नेकपा–माओवादीलगायतका दलहरुलाई नसमेटिए चुनाव अपूर्ण हुने उहाँको भनाइ छ । ठूला चारदलको निषेधको राजनीतिले चुनावका पक्षमा सिंगो राष्ट्र उभिन नसकेको भन्दै थापाले चारदलीय संयन्त्र तत्काल खारेज हुनुपर्ने माग गर्नुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment