Monday, June 24, 2013

एमालेमा खनाल र ओलीबीच युद्धविराम

काठमाडौं ११ असार । नेकपा एमालेका नेताहरूबीच एकता सुदृढ गर्दै तत्कालका लागि संविधानसभा निर्वाचनमै पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने र निर्वाचनलगत्तै विधानअनुसार आगामी फागुनभित्र पार्टी महाधिवेशन आयोजना गर्ने समझदारी भएको छ ।
पार्टी कार्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकमा नेताहरूबीच प्रतिनिधि परिषद् बैठक र महाधिवेशनबारे देखिएको पछिल्लो असमझदारी व्यवस्थापन गर्दै सो सहमति भएको हो राजधानी दैनिकमा शुरोजंग पाण्डेले समाचार लेख्नु भएको छ ।

एमालेमा अध्यक्ष झलनाथ खनालले प्रतिनिधि परिषद् बैठक तय गरिएकै बेला केन्द्रीय कमिटी बैठकको मिति तोकेपछि विवाद बढेको थियो । खनालको सो काम महाधिवेशनसमेत पछि धकेल्ने योजनाका साथ आएको आशंका वरिष्ठ नेता केपी ओलीले गरेपछि विवाद चर्किएको हो । दुई नेताबीचको सो विवाद तत्कालका लागि अन्त्य गर्दै बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको अन्योलसमेत अन्त्य गरी आगामी भदौ दोस्रो साताभित्र आयोजना गर्ने र त्यसबाटै समग्र चुनावी योजना तथा विधान संशोधन गर्ने सहमति गरेको छ ।

परिषद् बैठकको मिति भने स्थायी कमिटीकै अर्को बैठकले तोक्ने भएको छ । ‘केन्द्रीय कमिटीले तय गरेको परिषद् बैठकको मिति कसरी परिवर्तन हुन सक्छ रु त्यसरी मिति फेर्नु उचित हुँदैन, थिएन भन्ने कोणबाट पार्टीमा कुरा उठेकै थियो,’ स्थायी समितिले नेताहरूबीचको पछिल्लो असमmदारी अन्त्य गरेको जानकारी दिँदै एमाले महासचिव ईश्वर पोखरेलले राजधानीसँग भने, ‘पार्टी विधानले पाँच वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गरेकाले त्यसभित्र गर्नै प¥यो । चुनावको मिति घोषणा नभएको भए दुई÷चार महिना पहिल्यै गर्न सकिन्थ्यो तर निर्वाचन घोषणा भइसकेको परिप्रेक्ष्यमा सम्पूर्ण शक्ति चुनावमै एकताबद्ध भएर लाग्नुपर्छ भन्नेबारे पार्टीमा अब कुनै विवाद छैन ।’

उनले आगामी ४ देखि ६ साउनका लागि डाकिएको केन्द्रीय कमिटी बैठकले पूर्वनिर्धारित परिषद् बैठक विस्थापन गरेको जस्तो देखिए पनि भदौको पहिलो साता या दोस्रो साता आयोजना गर्ने सहमति भएको जानकारी दिए ।‘परिषद्बाटै चुनावसम्मका लागि सम्पूर्ण कार्ययोजना र घोषणापत्र पारित गर्छौं, विधान संशोधन गर्छौं,’ महासचिव पोखरेलले भने । गत बिहीबार सम्पन्न स्थायी कमिटी बैठकबाट वरिष्ठ नेता ओली, उपाध्यक्ष विद्या भण्डारी, महासचिव पोखरेल, सचिव शंकर पोखरेल, विष्णु पौडेललगायतको असहमतिका बाबजुद अध्यक्ष खनालले एकलौटी विज्ञप्ति जारी गरी प्रतिनिधि परिषद् बैठक नै विस्थापन गर्ने गरी केन्द्रीय कमिटी बैठक एक महिना पछि सारेका थिए ।

जसका कारण परिषद् बैठक र महाधिवेशनका विषयलाई लिएर नेताहरूबीच असमझदारी उत्पन्न भएको थियो । ओलीले महाधिवेशन प्रभावित पार्ने योजना भएको बताएलगत्तै अध्यक्ष खनालले समेत निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने, एक वर्षसम्म पछि सर्न सक्ने र विधानले व्यवस्था गरेअनुसार अर्को पटक पनि अध्यक्ष उठ्न पाउने व्यवस्थालाई सदुपयोग गर्ने उद्घोष गरेका थिए । ओलीले भने विधानअनुसार महाधिवेशन आयोजना नगरिए आफूलाई अस्वीकार्य हुने भन्दै खनालको कार्यशैलीको कडा आलोचना गरेका थिए ।

पछिल्लो असमझदारीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिव युवराज ज्ञवाली, अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहरालगायतका नेता भने तटस्थ थिए । पछिल्लो असमझदारी र अन्योल अन्त्य गर्न तथा केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्न स्थायी कमिटी बैठक डाकिएको हो ।

बैठकले केन्द्रीय कमिटीका लागि राजनीतिक प्रतिवेदन, संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियानको समीक्षा प्रतिवेदन, संविधानसभा निर्वाचन तयारी प्रस्ताव, पार्टीमा प्रवेश गर्नेहरूको संगठनात्मक व्यवस्थापन र प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसहित पाँचओटा एजेन्डा तय गरेको छ ।

‘परिषद् बैठक अन्योल अन्त्यका लागि अब बस्ने स्थायी समिति बैठकले १५ भदौसम्म आयोजना गर्ने गरी मिति तोक्नेछ,’ सचिव शंकर पोखरेलले भने । त्यस्तै, बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा स्वीकार गर्दै पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीको नेतृत्वमा साउन अन्तिम साता पार्टी प्रतिनिधिमण्डल पठाउने निर्णय पनि गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment