Wednesday, July 31, 2013

हेर्नुस यसरि सामसुङ ग्यालेक्सी एस 4 विस्फोट भएर भयो आगोलागी

श्रावण १६, आइफोनमा करेन्ट लागेर मानिसहरू मर्न थालेको कुरा सेलाउन नपाउँदै हङकङमा एक दम्पतीले सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन बिष्फोटन हुँदा घरमा आगलागी भएको र उनीहरूलाइ चोट लागेको कुरा दावी गरेका छन ।

Samsung-Galaxy-S4-reportedly-explodes

चीन को वेबसाइट Xianguo.com को एक रिपोर्ट अनुसार एक व्यक्तिले गेम खेल्ने क्रममा के दौरान ग्यालेक्सी एस4 मा आगलागी भएको थियो । उनले उक्त फोन फ्याँकेका थिए, जुन केही बेरमानै बिष्फोटन भएको थियो । जसले आगलागी हुँदा पुरै घरमा आगो फैलिएको थियो ।

रिपोर्ट अनुसार यस घटनामा सामसुङ ग्यालेक्सी एस4 स्मार्टफोन र ब्याटरी, चार्जर जस्ता एसेसिरिज सबै ओरिजिनलनै रहेका थिए । चीनमा वितेका केही दिनमा यस्ता २ वटा घटनाहरू सार्वजनिक भैसकेका छन । जसमा एप्पलको आईफोनबाट करेन्ट लागेको थियो । यद्दपी यी घटनाहरूमा उनिहरूले ड्युप्लिकेट चार्जरको प्रयोग गरेका थिए ।
सामसुङ हङकङले भने यस घटनाको जाँच भैरहेको जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment