Wednesday, July 24, 2013

मान्छे झैँ बोल्ने चुरोट

वैज्ञानिकहरुले बोल्ने चुरोटको आविष्कार गरेका छन् । चुरोटको बट्टा किन्ने बित्तिकै यो चुरोट बोल्न थाल्नेछ अनि क्रेतालाई चेतावनी दिनेछ । धुमपानको लतबाट मान्छेलाई छुटकारा दिलाउने अभिप्रायका साथ वैज्ञानिकहरुले यस्तो बोल्ने चुरोट बनाएका हुन् । यो चुरोटको प्याकेटले नै चुरोट किन्नेहरुलाई बोलेरै भन्नेछ ‘चुरोट पिउन छाड्नुहोस्, धूमपान स्वास्थ्यका लागि हानीकारक छ ।’

यद्यपि चुरोटका बट्टामा धूमपान स्वास्थ्यका लागि हानिकारक हुने कुराको चेतावनी युक्त सन्देशहरु लेखिने भएपनि त्यस्तो लेख्य सामाग्रीप्रति धूमपानका अम्मलीहरुको ध्यान जाँदैन । त्यसैले लेखेर भन्दा बोलेर दिने चेतावनी अम्मलीहरुको दिमागमा घुस्ला की ? भनेर वैज्ञानिकहरुले यस्तो जुक्ति अपनाएका हुन् ।


बेलायतको स्टर्लिंग विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको यो अनौठो चुरोटको बट्टामै एक सन्देश रेकर्ड गरेर राखिएको हुन्छ । जब कोही उपभोक्ताले चुरोटको प्याकेट खोल्न थाल्छ तब चुरोट बोल्न थाल्छ र धुमपान छाड्नका लागि अपिल गर्छ । वास्तवमा यो पहिलै रेकर्ड गरिएको आवाज हो ।
चुरोटले फरर….. बोल्दै धूमपानका असरहरु, धूमपानका कारण लाग्ने रोगहरुका बारेमा समेत जानकारी दिन्छ । साथै धूमपानका कारण नपुंशकता हुने चेतावनी पनि दिन्छ र धूमपान छाड्न चाहनेहरुका लागि एक हेल्पलाइनका बारेमा समेत जानकारी दिन्छ ।
बोल्ने चुरोटको आविष्कार गर्ने वैज्ञानिकहरुका अनुसार उनीहरुले १६ देखि २४ उमेर समूहका महिलामा यसको सफल परीक्षण समेत गरेका छन् |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment