Thursday, July 25, 2013

छोटो गुप्तांग हुनेहरुको प्रतियोगिता (फोटोफिचर सहित)

प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा लिंग छोटो भएका पुरुषहरुबीच पनि प्रतियोगिता भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा रहेको एक बारमा जुलाई २० का दिन भएको प्रतियोगितामा छोटो गुप्तांग भएका ६ जना पुरुषहरु ‘कसको छोटो ? ‘ भन्ने कुरामा घम्साघम्सी गरे ।प्रतियोगितामा विभिन्न चरणहरु थिए, जस्तै इभिनिङ वेयर, स्विमस्विट तथा ट्यालेन्ट शो । प्रतियोगितामा भाग लिन स्वास्नी सँग पारापाचुके गरिसकेका ५५ वर्षका रिप भान डिंकल नामका पुरुष मिनिसोटाबाट पनि आएका थिए । प्रतियोगितामा भाग लिने अन्यमा ३२ वर्षका सुगर ड्याडी, ३५ वर्षका पेरी विंकल, २७ वर्षका निक गिलरोनान लगायतका थिए ।
अरु ५ जना छोटो लिंगधारी प्रतिस्पर्धीलाई पछार्दै यो वर्षको छोटो लिंगधारी पुरुषको उपाधि २७ वर्षका निक गिलरोनानले जिते । उनी पेशाले युपिएस स्टोरमा काम गर्ने कामदार हुन् । उनको लिंग जम्मा ३ इन्च लामो छ । उनले उपाधि उचालेपछि आफ्नो छोटो गुप्तांगप्रति गर्व गर्दै लिंग छोटो हुँदैमा यौन सम्बन्धमा कुनै असर नपर्ने भन्दै छोटो लिंगधारीलाई ढाडस दिए ।
लिंग छोटो भएका पुरुषहरुमा हिनताबोध हुने भएकाले त्यस्तो हिनताबोध हटाएर पुरुषहरुमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दाबी छ ।


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment