Saturday, July 27, 2013

जिउभित्र चुम्बक भएकी महिला, जसको जिउमा टाँसिन्छ चक्कु र थाल (तस्वीर सहित)

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।

b 1

बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्युत चुम्बकीय करेण्ट प्रवाह हुने बताइन्छ ।


bendra 2

यिनको सरीरको चुम्बकीय क्षमता यति धेरै छ की निधारमा टाँसिएका सिक्काहरु यी महिला मज्जाले नाच्दा पनि खस्दैनन् ।

यी महिलाको सरीरको चुम्बकीय असरले टेलिभिजन तरंग तथा लाइट बल्बको त्रि्रतालाई पनि असर पूराउँछ । यिनको हातमा घडीले समेत सही समय देखाउन सक्दैन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment