Friday, July 26, 2013

बैतडीमा जन्मियो टाउको नै नभएको बच्चा !

मिलनप्रकाश, बैतडी

असार ११ - बुढापाकाले भने झैं बाँच्नु चाहिं पर्छ संसारमा अनेक देख्न र अनेक किसीमको घटना घटेको सुन्न पाईन्छ । प्रकृतिले मानिसलाई कहिलेकहीं यस्तरी धोका दिन्छ कि कहिले जन्मँदै आखाँ नभएको बच्चाको जन्म हुन्छ त कहिले जिब्रो नै नभएको बच्चा जन्मिन्छ । यस्तै अचम्मको घटना घटेको छ बैतडी जिल्ला अस्पतालमा ।

जिल्ला अस्पताल बैतडीमा टाउको नै नभएको वच्चा जन्मीएको छ । दार्चुला जिल्लाको तपोवन गाविस वडा नं.१ मार्माकी २० वर्षीय सुत्केरी महिला गीता विष्टले टाउको नै नभएको बच्चा जन्माएकी हुन् । टाउको नै नभएको बच्चा जन्मनुको कारणबारे बुझ्न खोज्दा जन्मजात विकृतिका कारण टाउको नभएको वच्चा जन्मिएको जिल्ला अस्पतालमा कार्यरत अनमी सकुन्तोला लुहारले वताउनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment