Friday, July 26, 2013

आफ्नै भतिजीलाई गर्भवती बनाई शिशु जन्मार फाल्ने काका–भतिजी पक्राउ

११ साउन, आफ्नै भतिजीलाई गर्भवती बनाई उनीबाट जन्मिएको नवजात शिशुलाई खोलामा फाल्ने काकालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शिशु जन्माउने उनकी भतिजीलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुडा गाविस ९ का सुरज विष्ट तथा उनकी भतिजी तुलसी विष्टलाई पक्राउ गरेको हो।
उनीहरुले अवैध शिशु जन्माई बुधवार गाउँ नजिकैको खोलामा फालेको प्रहरीले जनाएको छ। सुडा–९ स्थित खोलामा प्रहरीले बेवारिसे नवजात शिशु भेटाएको थियो। प्रहरीले बेवारिसे शिशु महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।
अनुसन्धानका क्रममा सुरज र उनकी भतिजी तुलसीले शिशु जन्माएको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिर्ख बहादुर रावलले बताए। ‘युवतीले डरले शिशु खोलामा फालेको बयान दिएकी छन्, डिएसपी रावलले भने। थप छानविन गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
अञ्चल अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा स्याहारका लागि राखिएकी नवजात शिशु (छोरी) लाई त्यही कार्यरत कर्मचारी पुष्पा महत्तराले आफ्नो् जिम्मामा लिएकी छन्। प्रहरीका अनुसार पुष्पाले जिल्ला प्रशासन कार्यालयमा शिशु हुर्काउन पाउँ भनि निवेदन दिएकी छन्।
khalbalinepal bata savar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment