Wednesday, July 24, 2013

‘कपडा खोलेर श्रीमान रिझाउनुपर्छ’

१० साउन, काठमाडौं ।डाक्टरदम्पतीको विवाद चर्कदैं जाँदा प्रहरी हाकिमले पनि मौकाको फाईदा उठाउन थालेका छन् ।श्रीमानबाट कुटिएको भन्दै गुनासो गर्न गएकी डा. स्निधा मैनालीलाई प्रहरी ईन्पेक्टरले यौन ठट्टा गरेर फर्काएका छन् । डा. सुधांसु कोइराला र श्रीमति मैनालीको घरझगडा प्रहरी र राष्ट्रिय महिला आयोगसम्म पुगेको समाचार छापिएको थियो ।समाचार छापिएको दिनमा डा. सुधांसु आफ्नो क्लिनिकमा आएर खुट्टा भाँच्ने धम्की दिएको गुनासो श्रीमति मैनालीले गरेकी छन् । जावलाखेलस्थित निर्वाण वेलनेस क्लिनिकमा पुगेर डा. सुधांसुले धम्क्याएको भन्दै स्निधा महानगरिय प्रहरी परिसर ललितपुरस्थित महिला सेलमा पुगेकी थिईन् ।तर सेल प्रमुख प्रहरी निरीक्षक डोलराज शाहीले यौनठट्टा गरेर पठाएको परिवारको गुनासो छ । उजुरी गर्न गएकी काकी हरिप्रिया र महिला प्रहरी कर्मचारीलाई समेत कोठाबाट बाहिर निकाली शाहीले डा. स्निधालाई जिस्क्याएका थिए । “श्रीमानलाई आकर्षित गर्न त लुगा खोल्नुपर्छ, सायद तपाईले त्यसो गर्नुभएन होला,” ईन्स्पेक्टरले यसो भनेपछि स्निधा प्रहरी कार्यालयबाट फिर्ता आएको परिवारले जनाएको छ ।

nayanews.com bata savar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment