Tuesday, July 9, 2013

महिला र पुरुष सैनिक यौन षोषणको सिकार

अषाढ २५

अमेरिकी रक्षा मन्त्रालयले सन् २०१२ मा करिब २६ हजार महिला–पुरुष सैनिक कुनै न कुनै प्रकारको यौन शोषणको शिकार बनेको एक रिर्पोट सार्वजनिक गरेको छ ।

सेनामा बढ्दो यौन हिंसाको बिरोधी अभियान चलाईरहेका सामाजिक कार्यकर्ताहरुले रक्षा मन्त्रालयले नै यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक गर्दा पनि यस बिषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

सैन्य तथ्यांक अनुसार २६ हजार पिडितहरुमध्य जम्मा ३ हजार ३ सय ७४ जनाले मात्र गत बर्ष यौन हिंसाको सिकार बनेको भन्दै उजुरी दिएका थिए ।

सामाजिक अभियान्ताहरुले भने सैनिक संगठनभित्रको यौन शोषणलाई निरुत्साहित गर्न रक्षामन्त्रालयले कडा नीति बनाउनु पर्ने र कार्यान्वयन पक्ष फितला बनाउन नहुने सुझाव दिएका छन् ।
mideanp.com bata savar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment