Monday, July 1, 2013

हलीउड गायिका रिहानासंग काम नगर्न अनुरोध !

लण्डन, असार १७, एक मादक पदार्थ विरोधी संगठनले ब्रिटिश फेशन कम्पनी ‘रीवर आइसल्याण्ड’ का शीर्ष अधिकारीहरूसंग उनीहरूले चुरोट खाँदै गरेको तस्वीर खिचाउने गायिका रिहानाका साथमा काम गर्न बन्द गर्न अनुरोध गरेको छ ।

संगठनले बताए अनुसार आफुहरू ती बालबालिकाहरूलाइ लिएर चिन्तत छ, जो रिहानालाइ आफ्नो आदर्श मान्दछन ।

‘लूसी डावे आफ द केन्नाबिस सन्क सेन्स’ संगठनले ‘डेली मिरर’ लाइ बताए अनुसार ‘रीवर आइसल्याण्ड’ ले रिहानाका साथमा काम गर्न बन्द गर्नु पर्दछ किनभने उनी युवाहरूकी आदर्श हुन, तर उनले अहिले निकै निराशाजनक कदम उठाएकी छन ।

‘रिथिङ मेन्टल इलनेस’ नामको एक धार्मिक संगठनका सीईओ पोल जेनकिन्सले गाँजालाइ कानूनी मान्यताको समर्थन गर्ने यी गायिका रिहानाको कडा आलोचना समेत गरेको छ ।

(एजेन्सी)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment