Wednesday, July 3, 2013

किरिया बसिरहेका बेला मानिस जिउँदै फर्केपछि……..

रुकुम, असार 20, रूकुममा मृत्यु भएको खबर पाएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन । उनी घरमा आएपछि उनको घरका घरपरिवारहरूमा भने विस्मात र खुसी एकै पटक देखियो । ती व्यक्तिको किरियामा बसेर विस्मातमा परेकाहरू आफन्त सकुसल आएकोमा अतिनै प्रसन्न भएका थिए ।

उनी घरमा आएपछि उनको किरिया बसेका आफन्तहरूले खुसी व्यक्त गर्दै खसीनै काटेर भोज गरेका छन । त्यसपछि उनको ४ दिनेको क्रियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेका छन ।

यो घटना रुकुम जिल्लाको झुला गाविसका डिल्लीबहादुर ओलीको परिवारको हो । गएको केही दिनअघि मात्र भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको समाचार उनका घरपरिवारले पाएका थिए । त्यस पछि परिवारले उनको क्रिया शुरू गरेका थिए ।

यस अघि घरमा मृत्युको समाचार आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन समेत गरेका थिए तर घरपरिवारले उनको कुरामा विश्वास गरेका थिएनन । त्यसपछि उनी आफैं नमरेको पुष्टी गर्नका लागी घरमा आएका थिए । ओली भिषण बाढीबाट बचेर फर्किदा घरपरिवार र गाउँमा खुशीयाली छाएको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment