Sunday, July 7, 2013

मन लाइ जगाउन सिकौ

अफगानी सेना र आतंकबादी हरु मा युद्द चलिरहेको थियो भिष्ण बम बर्षा भैरहेको थियो पुरा अफगान नगर
सन्त्रस्त थियो सारा साम्राज्य मा भय र डर को भुमरी छाय को थियो | उसी नगर मा ६५ औ बसन्त पुरा गरेकि बुजुर्ग महिला निश्चिन्त भएर आफ्नो दिनचर्या मा मगन हुन्थिन | तर त्यो नगर मा बस्ने अरु मानिश हरु को दिन मा भोक न रात मा निद भएको थियो | तर ति बुजुर्ग
निश्चिन्त भएर सुत्ने गर्थिन |
एकदिन सबै जना ले ति बुजुर्ग संग सोध्ने निधो गरे कि आखिर के कारण हो पुरा नगर मा असान्ती र अराजकता ले गर्दा मान्छे हरु मा डर र भय ब्याप्त छ तर उनि चाही निश्चिन्त र निस्फिक्र छिन |
आमा ! आखिर के कुरा हो पुरा नगर डर र त्रास ले भरिएको बेला मान्छे हरु राम्रो संग सुत्न पनि पाएका छैनन् तर तपाई निश्चिन्त भएर सुत्नु हुन्छ आखिर के रहस्य हो ?
ति बुजुर्ग ले मुसुक्क मुस्काउदै भनिन ..हेर ! नानी हरु रहस्य यो हो जब मेरो प्रभु भगवान सदा जागी रहनु हुन्छ तब मलाइ किन जागी रहनु पर्यो असान्त किन हुनुपर्यो एकै साथ् दुवै जना लाई जागी रहनु जरुरि छैन |
यो कुरा साच्चै नै हो ! जब मन जागिरहन्छ कोइ जागोस या न जागोस केहि फरक पर्दैन | र कसैलाई जगाउने पनि जरुरत पर्दैन | बास्तबिकता त यो हो कि मन लाई जगौनाले कोइ सुति रहेको हुदैन | किनकि मन को बाटो निकै लामो र फराकिलो अनि दिर्घ छ | मन एक क्षण मा पुरा संसार को चक्कर लगाउन सक्छ | मन लाइ साध्न सक्ने हो भने हामी हरु गलत मार्ग मा भटकिन बाट बच्न सक्छौ | हामि पूर्ण अनुसाशित हुन्छौ र नियन्त्रित हुन्छौ | जागरुकताको बिकास सिद्दान्त लाई जानेर मात्र हुदैन उसको बिकास तब हुन्छ जब साधक उचित दिशा मा जागरुकता को अभ्यास गर्छ |


भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment