Tuesday, July 2, 2013

राजा राजेन्द्रले गाए 'द्‍याट इज फर बालुवाटार' (भिडियो)

काठमाडौं- खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर अवार्ड समारोहमा हास्यकलाकार राजा राजेन्द्रले देश र खेलकुद क्षेत्रमा भइरहेको राजनीतिलाई कटाक्ष गरेका छन्। उनले पार्टीकै पगरी भिरेर खेलकुद क्षेत्रका विभिन्न पदमा नियुक्ति हुने प्रवृतिले नेपाली खेलकुदको विकास नभएको ब्यंग्यमार्फत् प्रस्तुत गरेका थिए। उनले नेताहरुको क्यारिकेचर गरेर पनि सहभागीलाई मनोरञ्चन गरे।

अफ्रिका वर्ल्ड कपमा कोल्मबियन गायिका साकिराले गाएको 'वाकावाका' गीतको लयमा उनले नेपाली गीत पनि प्रस्तु गरे। नेपाली राजनीतिमा भइरहेको भाँडभैलोलाई उनले गीतमार्फत् प्रस्तुत गरेका थिए।

हेर्नुस् भिडियो :

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment