Sunday, July 7, 2013

हिजो जसको हाकिम, आज उसकै कारिन्दा, हेल्थ असिस्टेन्ट नै स्वतः डाक्टर

२४ असार, काठमाण्डौं । वरिष्ठचाहिँ कनिष्ठ र कनिष्ठचाहिँ बरिष्ठ स्वतः हुने दिन कमै आउला । तर, विभिन्न मन्त्रालय र निकायका सायौं कार्यालय प्रमुखले आफूले काम अह्राउँदै आएका कनिष्ठ कर्मचारीलाई अब हाकिम र बरिष्ठ मान्नुपर्ने भएको छ ।

सरकारले निजामित एन २४ (४) को प्रावधान अनुसार स्वतः बढुवा गरेका उपसचिवदेखि खरिदारसम्मका झन्डै १५ हजार कर्मचारीलाई त्यसरी पदोन्नति भएकै मितिदेखि लागूहुने गरी हालै समायोजन गरेपछि यस्तो भएको हो । स्वतः बढुवाले निजामति प्रशासनमा ल्याएका विकृति धेरै छन् । केही बर्षअघि टाइपिस्टमा नियुक्त कर्मचारी कम्प्युटर अपरेटर हुँदै स्वतः बढुवाबाट कम्प्युटर इन्जिनियरै बनेका छन् । ओभरसियर समेतले बिनाडिग्री स्वतः इन्जिनियर हैसियत पाएको कान्तिपुर दैनिकमा खबर छ । हेल्थ असिस्टेन्टहरु स्वतः डाक्टर बनेका छन् ।

केही दिनअघिसम्म एउटै कार्यालयमा हाकिम या वरिष्ठ भएर काम गरेका खुला प्रतिष्पर्धाबाट नियुक्त वा लिखित परीक्षाबाट बढुवा भएका हजारौं कर्मचारी यतिबेला समस्यामा छन् । स्वतः पदोन्नति भएर तल्लै दरबन्दीमा कार्यरत कर्मचारीलाई पुरानै मितिदेखि समायोगन गरिएका छन् । स्वतः आएर तल्लो तहकै काम गरिरहेका कर्मचारुीले परीक्षा उर्त्तीण गरेर आउनेलाई वरिष्ठतामा थिचेका छन् ।

‘उपसचिव प्रमुख हुने कार्यालयमा स्वतः बढुवा भएका उपसचिवसमेत यसअघिको कानुनी व्यवस्था अनुसार शाखा अधिकृतको हैसियतमा काम गर्दै आएका थिए । अध्यादेशमार्फत हालै संशोधित निजामती ऐनअनुसार स्वतः बढुवा भएकै मिति अर्थात २०४६ देखि लागू हुने गरी यति बेला समायोजन गरियो । त्यसपछि कैयौं कार्यालयमा खुला प्रतिष्पर्धाबाट उपसचिव भएका कर्मचारी स्वतः बढुवा भएका भन्दा कनिष्ठ हुन पुगेका छन् । आफूले काम अह्राएको व्यक्तिलाई अब कसरी हाकिम या वरिष्ठ मान्ने ? यसले प्रशासनमा विकृति ल्याउँछ,’ एक सरकारी अधिकारीले चिन्ता व्यक्त गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment