Thursday, July 4, 2013

प्रहरीलाई किस गरेपछी ६२ वर्षीय महिला खोरमा

असार, एजेन्सी । अमेरिकाको फ्लोरिडा प्रान्तमा आफ्नो घर आएका एक प्रहरीले उसको इच्छा विपरित किस गरिदिएपछी एक महिलालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

आफ्नो छिमेकीसँग भएको झगडामा बोलाइएको एक प्रहरीलाई नाकमा ६२ वर्षीय पेगी हिल नाम गरेकी महिलाले किस गरेकी थिइन् । उनले रक्सी खाएकी थिइन् र त्यसैको नशाको सुरमा किस गरेको बताइएको छ । यसरी आफ्नो इच्छा विपरित महिलाले किस गरेपछी प्रहरीले आफ्नो नाक पुछ्दै पेगीको हात बाँधेर प्रहरी चौकी पुर्याएका थिए ।

प्रहरीको रिपोर्ट अनुसार पेगीले ती प्रहरीलाई घरमा बोलाएको र नशाको सुरमा प्रहरीको नाकमा किस गरेकी थिइन् । प्रहरीको इच्छा विपरित किस गरेका कारण उनलाई हिरासतमा लिइएको र उनलाई आगामी १९ जुलाईमा अदालत पेश गरिने छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment