Friday, July 5, 2013

डेढवर्षपछि श्रीमानको हत्या गरेको स्वीकार

उदयपुर, – डेढबर्ष अघि मृत अवस्थामा भेटिएका त्रियुगा नगरपालिका २ का मानबहादुर परियारको हत्या उनकै श्रीमतीले गरेको खुलेको छ ।
प्रहरीको लामो अनुसन्धानपछि उनकी श्रीमती ४५ बर्षिया लक्ष्मी परियारले हत्या गरेको खुलेको हो ।
लक्ष्मीले श्रीमानको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेपछि घटनाको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।
अपराध लुकाएर खुलेआम हिडिरहेकी लक्ष्मीलाई प्रहरीले अनुसन्धानका साथ निगरानीमा राखेको थियो । उनलाई असार १७ गते नियन्त्रणमा लिई सोधपुछ गर्दा श्रीमानको हत्या आफैले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सधै कुटपिट गर्ने गरेकोले प्रतिकारमा दाउराको चिरपटले टाउकामा हान्दा श्रीमानको ज्यान गएको लक्ष्मीले समक्ष बयान दिएको प्रहरीको भनाई छ । डेढवर्षअघि उदयपुरको सदरमुकाम गाईघाट नजिक बरुवाखोलामा मानबहादुरको शब फेला परेको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment