Tuesday, July 2, 2013

युनिटी घुसकाण्डमा मुछिए एमालेका पूर्व अर्थमन्त्री

१९ असार, काठमाण्डौ । एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युनिटी काण्डमा करोडौं घुस खाएको अभियोग लागेको छ ।

अर्थमन्त्री हुँदा पाण्डेले ५करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी समाग्री लिएको आरोपसहित यतिबेला एमाले कार्यकर्ता अध्यक्ष झलनाथ खनालको दैलोमा पुगेका छन् ।

एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै खनालसमक्ष निबेदन दिएको बुधबार साप्ताहिकले छापेको छ ।

युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका पाठकले बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन आरोप लगाउँदै पत्र बुझाएका छन् ।

महासचिव इश्वर पोखरेल वैठकबाट बाहिरिएका बेला पारेर दिइएको पत्र सवै स्थायी समिति सदस्यलाई एक-एक प्रति दिइएको थियो भने बोधार्थ अनुशासन आयोगलाई दिइएको थियो ।

अनुरोधपत्रमा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पाण्डे र युनिटीका चाटर्ड एकाउन्टेन कृष्ण पनेरुमार्फत् युनिटीले एमालेलाई ३ करोड ५० लाख बुझाएको उल्लेख छ । पाण्डे अर्थमन्त्री भएपछि पनि पार्टीलाई सहयोगस्वरुप भनेर दुईपटक ५०-५० लाख गरी कुल १ करोड रुपैयाँ बुझाएको र पार्टीका केन्द्रीय सदस्यहरुका लागि भनी पहिलो चरणमा ३३ थान अत्याधुनिक ल्यापटप दिइएको पाठकले पत्रमा उल्लेख गरेका छन् ।

युनिटी र पाण्डेवीच पछिल्लो समय मनमुटाव हुनुमा पनि आर्थिक लेनदेन नै मुख्य कारण रहेको पाठकले दावी गरेका छन् । उनले भनेको छन-’०६७ बैशाखको पहिलो हप्तातिर तत्कालिन मन्त्री सुरेन्द्र पाण्डेमार्फत् बाणिज्य मन्त्रालय लगायत बिमा समिति, राजश्व र राष्ट्र बैंकसम्म कागजात र कुरा मिलाउनुपर्ने भयो र त्यसका लागि पार्टीका लागि ५ करोड रुपैयाँ र एउटा हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’

पाठकका अनुसार त्यसबारे कुरा गर्न उनी स्वयं पाण्डेसमक्ष पुगेका थिए । बिगतमा पनि सहयोग गरेकै हो, यसबेला त्यति धेरै रकम सहयोग गर्न नसक्ने तर बढिमा २ करोडसम्म दिन सकिने बताएपछि पाण्डे उनीमाथि खनिएको पत्रमा उल्लेख छ । ‘तपाई किन आउनुपर्‍यो, यसमा अरु नै साथीहरु लागिरहनुभएको छ, यसमा तपाईले धेरै चासो नदिनुहोला भनेपछि म फर्केर त्यही कुरा अध्यक्ष र एमडीलाई बताएँ, त्यसको एक महिनापछि युनिटी बन्द भयो ।’ पाठकले बुझाएको पत्रमा उल्लेख छ । त्यो रकम पार्टीमा आए/नआएको वा पार्टीको नाम जोडेर पाण्डेले नै अनियमितता गरेको बारे छानविन गर्न उनले अध्यक्ष खनालसमक्ष माग गरेका छ |

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment