Monday, July 8, 2013

स्पेनको डरलाग्दो साँढे दौड पर्व (फोटो फिचरसहित)

अनौठा र डरलाग्दा पर्वहरुका लागि युरोपेली मुलुक स्पेन निकै अगाडि छ । त्यहाँ मानिसहरुको नांगो दौड देखि लिएर साँढे जुधाइ सम्मका पर्व हुन्छन् । अहिले स्पेनमा साँढे दौडाउने पर्व चलेको छ ।
स्पेनको पाम्पलोना सहरमा आयोजित साँढे दौडको वाषिर्क पर्व सान फर्मिनका अवसरमा हजारौँ मानिस ज्यानको परवाह नगरी सहभागी भए ।

साँढे दौड पर्वमा निकै हिंश्रक देखिने तिखा र लामा सिंग भएका साँढेहरुलाई जिस्काउँदै दौडाइयो । त्यस क्रममा साँढेले उधिनेर ४ जना मानिस घाइते पनि भए । ९ दिने पर्वको पहिलो दिन ६ वटा साँढेहरु दौडाइएका थिए । ती साँढेहरुलाई बिच्किन नदिन घण्टीवाल साँढे नियन्त्रकहरु पनि खटिएका थिए । साँढे दौडमा साँढेसँगै जिस्किने जोखिम मोल्नका लागि स्पेनी मात्र नभएर विदेशीहरु समेत सरिक भए ।

जनावर अधिकारकर्मीहरुले भने साँढे दौडाउने यो पर्वको विरोध गर्दै आएका छन् । यस्ता खाले समारोहहरुले जनावरमाथिको निर्दयीपन प्रकट गर्ने र जनावरको अधिकार हनन गर्ने उनीहरुको ठहर छ । हेरौँ साँढे दौडका केही दृश्यहरु







भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment