Sunday, July 7, 2013

श्रीमतीको हत्या,बिहे गरेर घर लैजान नसकेर हत्या

बिहे गरेको एक साता नबित्दै उदयपुर बेल्टारका रमेश भनिने अमरसिंह कार्कीले चितवनकी सपना पौडेलको राजधानीमा हत्या गरेका छन् । नरदेवीस्थित डेरामा हत्या गरी बोरामा पोको पारेर शव नजिकैको फोहोर थुपार्ने ठाउँमा फ्यालेका उनले प्रहरीसमक्ष स्वीकारेका छन् ।
प्रहरीका अनुसार उनले साथीहरूसँग मिलेर २० वर्षीया पौडेलको जेठको पहिलो साता हत्या गरेका हुन् । महानगरीय प्रहरी प्रभाग जनसेवामा पौडेल हराएको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा हत्या भएको फेला पारेको थियो । प्रहरीले पौडेल हत्याको आशंकामा आयुषा भन्ने सरिता पौडेल, दीपेन्द्र बस्नेत भनिने वीरबहादुर र मुना ठकुरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार ४५ दिनअघि पौडेल बेपत्ता भएकी थिइन् । सानैमा आमा मरेपछि मावलीले उनलाई हुर्काएका थिए । ५ वर्ष अघिदेखि सानीआमा अञ्जना महर्जनसँग बस्दै आएकी उनी ६ महिनाअघिदेखि नरदेवीमा प्रेमी कार्कीसँग बस्दै आएको प्रहरीले जनाएको छ । उनी सानीआमाको घरमा कम जाने गरेको प्रहरी बताउँछ ।
अपराध महाशाखाले पौडेल हराएको उजुरी आएपछि उनका साथीभाइ र आफन्तलाई बोलाएर सोधपुछ गरेको थियो । यस्तै मोबाइलको सीडीआरबाट समेत अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा कार्की र पौडेलको सम्बन्ध खुलेपछि कार्कीलाई उदयपुर पुगेर पक्राउ गरेको थियो । महाशाखाका अनुसार पौडेल जडीबुटीमा डान्सबारमा काम गर्ने गरेकी थिइन् ।
सूगै बस्ने क्रममा पौडेल गर्भवती भएपछि वैशाखको अन्तिम साता बिहे गरेका थिए । 'कार्कीले बिहे गरेर घर लैजान नसकेर हत्या गरेको देखिन्छ,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'कोठाभित्र हत्या गरेर बोरामा हाली राति नै फोहोर फ्याल्ने ठाउँमा फ्यालिएको पाइयो ।'
घटना घटेका दिन कार्की र पौडेलबीच झगडा भएको थियो । त्यही कारण उनले प्रेमिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
well come to cyber samachar bata sabhar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment