Thursday, June 27, 2013

नेताले भने : मैल ६ वर्षमै भुतसँग सम्भोग गरेँ

हाम्रा नेताले भनेका भए त पत्याउन सकिने थिएन होला । तर सफा राजनीति भएको बेलायतकै नेताले दाबी गरेपछि त मान्नै पर्यो । तर मान्नु पनि कसरी ? उनले दाबी गरेका छन् पत्याउनै नसकिने खालको ।

बेलायतको लेबर पार्टीका एक नेताले आफुले ६ वर्षको हुँदाखेरी नै सम्भोगको स्वाद चाखेको र आफ्नो भर्जिनिटी तोडिएको दाबी गरेका छन् । उनका अनुसार उनको भर्जिनिटी कुनै युवतीसँगको सम्भोगबाट गुमेको होइन अन्तरीक्ष तथा अन्य ग्रहबाट आएको बेनामी, अजिव प्राणी अर्थात् एलियन -जसलाई यहाँ भुत भनिएको छ) सँग सम्भोग गरेर हो ।
एक टेलिभिजनमा अन्तरवार्ता दिँदै सिमोन पार्कसले आफुसँग सम्भोग गरेको उक्त एलियनको चित्र पनि सार्वजनिक गरे । उनका अनुसार त्यो हरीत प्राणी ७ फिट अग्लो थियो र गुलाबी लुगा लगाएको थियो ।
उक्त एलियन आफु सुतेको कोठामा छिरेको, आफुलाई माथि उठाएको र घुमाएको अनि अनुसार आमनेसामने पारेर सम्भोग गरेको उनले बताए । स्मरण रहोस् यी नेताले यसअघि एक अर्को टेलिभिजनमा अन्तरवार्ता दिँदै आफुले त्यस्तै एलियनलाई गर्भवती बनाएर छोरो जन्माएको दाबी गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment