Sunday, June 30, 2013

हिटलरको नाम लिएमा जेल हुने !

मस्को नाजी जर्मनीलाइ द्वितीय विश्वयुद्धमा परास्त गर्ने रूसले अब एक नयाँ कानून बनाउन गैरहेको छ । जुन कानून अन्तर्गत जर्मन तानाशाह एडोल्फ हिटलरको कुरा गरेमा अथवा नाजी विचारधाराको प्रचार गरेमा पांच वर्ष को कैद तथा १५ हजार डलरको जरिवाना हुन सक्नेछ ।

रूसको रिया नोवोस्ती संवाद समिति ले सत्तारूढ यूनाइटेड रशिया पार्टीको सांसद इरीना यारोव्यालाइ उद्धृत गर्दै बताए अनुसार यस कानूनमाथि अब संसदको तल्लो सदन ड्यूमा मा बहस हुन बाँकी रहेको छ ।
यसमा सोवियत संघको लाल सेनाको ऐतिहासिक योगदानलाइ झुटो बताउने तथा त्यसको निन्दा गरेमा पनि सजायँको प्रावधान राखिएको छ ।

यारोव्याले बताए अनुसार द्वितीय विश्वयुद्धमा सोभियत संघले एक संरक्षक को भूमिका निभाएको थियो । त्यतिबेला सोभियत सेनाका सम्पूर्ण कार्यहरू मात्र विश्वलाइ नाजी जर्मनी बाट मुक्ति दिलाउनका लागी गरिएका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment