Sunday, June 30, 2013

मस्त सुतेर लाखौ तलब खाने भाग्यमानी महिला !

सोच्नुस त यदि तपाइँ अफिसमा सुतिरहेका बेला पक्राउ पर्नुभयो भने के होला । तर एक भाग्यमानी युवती यस्ती छन, जो नरम गद्दामा सुत्नका लागी लाखौंको तलब लिने गर्दछिन ।


ब‌र्मिङ्घम सिटी यूनिभर्सिटीकी छात्रा रोसिन मेडीगेनलाइ ‘लक्जरी बेड टेस्टर’ को नामबाट जागिर प्राप्त भएको छ। यस जागिरमा रोसिमलाइ हरेक रात एक लक्जरी बेडमा सुत्नु पर्ने हुन्छ र बिहान उठेर त्यस बेडका बारेमा राम्रो तथा नराम्रो पक्षको जानकारी दिनु पर्ने हुन्छ ।

डिजाइनर बेड निर्माण कम्पनी सिमोन हर्न लिमिटेडले रोसिनलाइ यो जागिर दिएको छ र हरेक दिन दिन रोसिमलाइ एक अर्को डिजाइनर बेडमा सुत्नका लागी एक हजार डलरको तलब प्राप्त हुने गर्दछ ।

कम्पनीका अनुसार रोसिमलाइ एगबेट्सन स्थित कम्पनीको शोरूममा डिजाइनर बेडमा राती दस बजेदेखि बिहान ६ बजे सम्मको समय बिताउनु पर्ने हुन्छ ।
कम्पनीले बताए अनुसार संसारको लक्जरी होटलहरूमा बेड सप्लाई गर्नुअघि उक्त बेडको परीक्षण गरिने गरिन्छ ।
यस परीक्षण अन्तर्गत बेडको गुणस्तर, डिजाइन र कम्फर्टनेसलाइ मापन गरिन्छ । रोसिम राती बेडमा सुतेर बेडसंग जोडिएका सबै परिक्षणहरू गर्ने गर्दछिन । यस परीक्षणका क्रममा रोसिमलाइ कम्पनीद्वारा गराइएको ‘स्लीप सर्भे’ ले मद्दत गर्ने गर्दछ ।

जे होस अफिसमा सुतेर तलब लिने यी भाग्यमानी अहिले संसारभरनै चर्चाको बिषय बनेकी छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment