Sunday, June 30, 2013

नुहाउन जाँदा समुद्रमा बगिन नेपाली चेली

युएई १७ असार। संयुक्त अरब इमेरेट्स (युएइ) को सार्जास्थित एक होटलमा काम गर्ने नेपाली युवतीले समुद्रमा नुहाउने क्रममा ज्यान गुमाएकी छन । नुहाउने क्रममा समुद्रको छालले बगाएर युवतीको मुत्यु भएको हो ।

बिहिबार साथीहरुसँग दुबईको जुमेर व्रिजमा पौडी खेल्न गएकी ओखलढुंगाकी २२ बर्षीया बर्षा मुलिचाको समुद्रले बगाएर मुत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
पौडी खेल्न ब्रिजमा छिरेकी बर्षा लामो समयसम्म हराएपछि खोजी गर्दा मृत अबस्थामा फेला परको प्रहरीको भनाइ छ । बर्षाको लास प्रहरीले पोस्टमार्टमपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
“एकैछिनमा नुहाएर आउछु भनेर गएको थिईन तर कहिल्यै नफर्कने गरी गईन,”बर्षासँगै रहने साथीभाईले बताएको आजको राजधानीले लेखेको छ । सबैसँग मिलनसार बर्षाको यस्तो घटनाले नेपालीहरु चिन्तित बनेका छन ।
यसअघि झापा दमक निवासी दीपक ढकालको समुद्रको छालले बगाएर मुत्यु भएको थियो । हालसम्म युएईमा बगाएर नौजनाको मुत्यु भइसकेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment