Thursday, June 27, 2013

ज्ञानेन्द्रले घोषणा गरेको २५ लाख कहाँ पुग्यो ?

१४ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपीडितलाई २५ लाख रुपैंया दिने घोषणा गरेको हप्ता दिन बितिसकेको छ । तराई भ्रमणमा रहेका बेला पूर्वराजाले सो रकम हिमानी ट्रष्टमार्फत् पीडितसम्म पुर्याउने घोषणा गर्नुभएको थियो । साथै जिन्सी सहयोगसमेत संकलन गर्न पूर्वराजाले आह्वान गर्नुभएको थियो ।

हिमानी ट्रष्टले उक्त २५ लाख नगद र भौतिक राहत सामाग्री आफैं पीडित क्षत्रेमा गएर वितरण गर्छ या सरकारी राहतकोषमा जिम्मा लगाउँछ भन्ने अझै स्पष्ट भएको छैन । स्रोतका अनुसार ज्ञानेन्द्रले घोषणा गरेको सहयोग रकम हिमानी ट्रष्टको कोषमा निकासा हुन बाँकी छ ।

ट्रष्टले राहतबारे शनिबार जानकारी दिने

स्रोतका अनुसार पूर्वराजाले २५ लाख रुपैयाँ दिने घोषणा गरेपछि हिमानी ट्रष्टले थप रकम र जिन्सीसमेत जम्मा गरेर राहत वितरण गर्ने योजना बनाएको छ । अरु संस्था र निकायलाई समेत आहृवान गरेर रकम बढाई एकमुष्ट वितरण गर्ने तयारी भएको स्रोतको भनाइ छ ।

झम्सिखेलबाट भर्खरै नक्साल सारिएको ट्रष्टको कार्यालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी राहत वितरणसम्बन्धी योजना सार्वजनिक गर्ने हिमानी ट्रष्टको योजना छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment