Sunday, June 30, 2013

नेपालमा ६ हजार तिब्बती भारतीय सेना

१७ असार, काठमाण्डौं । तिब्बती मुद्दाका कारण नेपालको सार्वभौमसत्ता कसरी खतरामा परेको छ भन्ने तथ्य विकिलिक्सले सार्वजनिक गरेको एउटा केबलमा उल्लेख छ । विकिलिक्स सन् २०१० फेब्रुअरी ११ मा सार्वजनिक गरेको केबलमा नेपाल तिब्बती सीमामा ६ हजार तिब्बती भारतीय सेना रहेकेा उल्लेख छ ।
नयाँदिल्लीस्थित अमेरिकी दूतावासले धर्मशालामा तिब्बती नेताहरुसँग गरेको छलफलका आधारमा केबल वासिङटन डीसी पठाएको हो ।
तत्कालीन अमेरिकी राजदूत टिमोथी जोन रोएमरले तिब्बती निर्वासित संसद सदस्य तथा भ्वाइस अफ द तिब्बत रेडियोका सम्पादक कर्मा यसीलाई उद्धृत गर्दै लेखेका छन् ‘अहिले भारतीय सेनाअन्तर्गत करिब ६ हजार तिब्बती तिब्बत-नेपाल सीमामा कार्यरत छन् ।’
‘स्टाब्लिसमेन्ट २२’ नाम दिइएको भारतीय सेनाअन्तर्गतको तिब्बती सम्मिलित संरचना चीनमा भएको असफल बिद्रोहपछि सन् १९६२ मा स्थापना भएको सोमबार प्रकाशित अन्नपूर्ण पोष्टमा खबर छ । यो संरचना अन्तर्गत ३० हजारभन्दा बढी तिब्बतीलाई तालिम दिइसकिएको छ ।
mero pyaro nepal bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment