Sunday, June 30, 2013

मान्छेले स्वर्ग भन्ने गरेको के यही हो अमेरिका!

-प्रदीप नेपाल-

यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्। त्यहाँ बेहोर्नुपर्छ भन्ने डरले अमेरिका भासिएका मानिसले बेकारमा किन पचास खालको टिप्पणी गर्नु हँ? फर्किएर नेपाल जाने, त्यहाँको ढुङ्गा माटोसँग खुरी खेल्ने पनि होइन, यहाँको गाडीमा सुइंकिएर अर्थ न बर्थका टिप्पणी गर्‍या छ, नेतालाई गाली गर्‍या छ, स्वयम् नेपाललाई गाली गर्‍या छ, पार्टीलाई गाली गर्‍या छ। के अर्थ हुन्छ यो गालीको? के प्रतिफल दिन्छ यो विरोधले? त्यसैले मैले नेपालीहरुसँग भेट्दा एउटा रेडिमेड वाक्य बोल्ने निर्णय गरेको छु, “ठीकै छ, तपाईंहरुको गाली सुनियो। हामीले अब केही गर्न सकेनौं र तपाईंहरुसँग गर्न सक्ने दृष्टिकोण छ भने आउनोस्, म तपाईंका लागि सबैथोक छोडिदिन तयार छु। तपाईंले मेरो पार्टीको नेता पद पाउनु हुनेछ, मेरो संसदीय निर्वाचन क्षेत्र पनि पाउनु हुनेछ। अरु जे चाहिन्छ त्यही पाउनु हुनेछ। यसो गर्ने हिम्मत छैन भने थाहा पाउनुस्, तपाईं अमेरिकामा बस्नु भएको छ र अमेरिकामै तपाईंले आफ्नो ठाउँ बनाउनु पर्नेछ। नेपालकाहरुलाई गाली गरेर समय नगाल्नोस्, अमेरिकामा आफूलाई केही बनाउन सक्नेगरी संघर्ष गर्न थाल्नुस्।” प्रजातन्त्र त यहाँ चर्को होला, तर भेदभावको पर्खाल पनि चिताइनसक्नुको अग्लो रहेछ। यस्तो हालतमा अमेरिका बसेका नेपालीहरुले कहिले ठाउँ बनाउलान्? कहिले अल्पसंख्यकका रुपमा आफ्नो अधिकार स्थापित गर्लान्। विचराहरु! ग्रिनकार्डमा गर्व गर्ने नेपालीहरु नागरिक नभै आफ्नो इहलिला समाप्त गर्दा हुन् र एकदिन शायद अमेरिकाभित्र नेपाली हुनुको अस्तित्व समाप्त हुंदो हो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment