Friday, June 28, 2013

मंसिरमा चुनाव हुन्छ, हुन्छ : वरिष्ठ नेता नेपाल

वीरगन्ज (पर्सा) - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मङ्सिर ४ गते नै दोस्रो संविधानसभाको निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गरेका छन्। सो पार्टी पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले सरकारले घोषणा गरेको समयमा निर्वाचन सम्पन्न गर्न कुनै समस्या नै नभएको जानकारी दिए।

नेता नेपालले राजनीतिक दलहरूको सहयोग, सल्लाह र समर्थनमा नै सरकारले चुनावको तिथि घोषणा गरेका कारण अब चुनावको विकल्प पनि नभएको बताए।
केही राजनीतिक दलहरूले चुनावको विरोध गरे पनि उनीहरूले पनि अन्तसम्ममा चुनावमा भाग लिनुको विकल्प नभएको जिकिर गरे।
एक अर्को प्रश्नको सन्दर्भमा उनले नेपालमा राजतन्त्र अब इतिहासको पानामा सीमित भइसकेकाले राजतन्त्र फर्कने सम्भावना नभएको स्पष्ट पारे।

एकीकृत नेकपा (माओवादी) मा अझै पनि सत्ताकब्जाको सपना रहेको दाबी गर्दै एमालेले बहुमत ल्याएको खण्डमा मात्रै मुलुकमा जनताको चाहनाअनुसारको संविधान बन्ने उनको भनाइ छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment