Sunday, June 30, 2013

बाबुरामजीले सरप्राइज दिनुभो : प्रचण्ड

असार, काठमाडौं । जिम्मेवारी बाँडफाँडबारे विवाद चर्किएपछि एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । नेता डा. बाबुराम भट्टराईलाई पार्टी उपाध्यक्ष पदत्याग घोषणा फिर्ता गराउने प्रयास असफल भएलगतै माओवादीले आगामी साउन ४ गते विस्तारित बैठक बोलाएको हो ।

भट्टराईलाई फकाउने प्रयास असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामा आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिले विवाद समाधान गर्न नसकेको भन्दै विस्तारित बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो । पद त्यागको घोषणा फिर्ता लिन आग्रह गर्दै प्रचण्डले बाबुरामसँग एक घण्टा अलग्गै कुराकानी गर्नुभएको थियो । त्यसपछि पदाधिकारी र राज्यसमितिका इञ्चार्जसमेतको बैठकले उहाँलाई पदत्यागको घोषणा फिर्ता लिन आग्रह गरेको थियो । तर, भट्टराईले आफूले गम्भीरतापूर्वक सोचेर यस्तो निर्णय लिएको भन्दै प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो ।
विस्तारित बैठकले कार्यदिशा अनुसारको संगठन संरचना र नेतृत्व चयन गर्नेछ । हेटौंडा महाधिवेशनले पारित गरेको विधान अनुसार विस्तारित बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार, जनवर्गीय तथा जातीय क्षेत्रीय मोर्चाका संयोजक र जिल्ला संयोजकहरुले भाग लिनेछन् ।
बाबुरामजीले सरप्राइज दिनुभो : प्रचण्ड
आइतबार दिनभरि एमाओवादी नेताहरु डा. बाबुराम भट्टराईलाई उपाध्यक्षमा फर्काउन व्यस्त थिए । दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक बेलुका ५ बजेमात्रै शुरु भएको थियो । बैठकमा प्रचण्ड र बाबुराम दुबैले बोल्नुभएको थियो । बैठकमा बोल्दै प्रचण्डले बाबुारमले पद त्याग गरेर राम्रो सन्देश दिएको बताउनुभयो ।
करिब आधा घण्टा लामो भाषणमा प्रचण्डले नेतृत्व र उत्तराधिकारीबारे पार्टीमा ०५४ सालदेखि बसह हुँदै आएको बताउनुभयो । ‘बाबुरामजीलाई पदत्यागको निर्णय फिर्ता लिन हामीले आग्रह गर्यौं, मैले पनि अलग्गै एक घण्टाजति कुरा गरें । तर उहाँले फिर्ता लिनेगरी यो निर्णय गुर्नभएको हैन रहेछ ।’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने- ‘म पहिले छाड्छु तपाईले अध्यक्ष चलाउनोस् भन्दा उहाँले तपाई नै चलाउनोस् भन्नुहुन्थ्यो, तर, अहिले मलाई सप्राइजमा पारेर उहाँले छाडिदिनुभयो ।’ अब भट्टराईको यो निर्णयले पार्टीभित्रको बहस र संश्लेषणलाई मद्दत गर्ने प्रचण्डले बैठकमा बताउनुभयो ।
बैठकमा प्रचण्डले महाधिवेशनकाट आएको नयाँ कार्यदिशा अनुसारको संगठनात्मक सिद्धान्त नबनाई कमिटी निर्माण गर्नु खोज्नु गल्ती भएको बताउनुभयो । ‘महाधिवेशनमा हामीले जुन छलाङ हान्यौं, त्यो कार्यदिशा अनुसारको संगठानत्मक संरचना नबनाई प्राविधिक रुपमा हल गर्न खोज्यौं ।’ उहाँले भन्नुभयो- ‘पहिले संगनात्मक सिद्धान्त बनाउने अनिमात्रै संगठनलाई पूर्णता दिने कार्य गर्नुपर्दथ्यो । तर हाम्रो संगठनातम संरचना युद्धकालकै रह्यो, हामीले यसलाई बदलेनौं । चुस्त बनाएनौं ।’
हेटौडा महाधिवेशनमा पारित सिद्धान्त अनुसार संगठन बनाउनुपर्नेमा ब मान्छे हेरेर कमिटी बनाउन खोज्दा यस्तो भएको प्रचण्डले बताउनुभयो । २५ वर्ष आफूले पार्टीको नेतृत्व गर्दा यस्तो असन्तुष्टि कहिल्यै नदेखेको बताउँदै प्रचण्डले बैठकमा भन्नुभयो-’हामीबाट सैद्धान्तिक मिस्टेक भएको छ,यसलाई विस्तारित बैठकले हल गर्नुपर्छ । यो कमजोरी तपाईहरुका कारणले होइन, हाम्रो कारणले भएको हो । तपाईहरुले संश्लेषणमा मद्दत गरिदिनुभयो । नेतृत्वलाई सच्चिनका लागि प्रेरित गरिदिनुभयो ।’
हेटौडा महाधिवेशनबाट पारित कार्यदिशाले माग गरेको संगठनात्मक सिद्धान्त, संगठन र संरचना बनाउन नसके पार्टी फस्ने प्रचण्डले बताउनुभयो । ‘हामीले हिजोको पनि छाडेका छैनौं, नयाँ पनि बनाएका छैनौं । कार्यदिशाले नयाँ माग गरेको छ । तर, हाम्रो न हाँसको चाल भयो, न कुखुराको चाल । अब हामीले गति लिनुपर्छ ।’
तपाईहरुले पनि यस्तै गर्नोस् : भट्टराई
केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित भट्टराईले भने आफूले घुक्र्याउन राजीनामा नदिएको भन्दै पदत्यागको घोषणा फिर्ता नलिने बताउनुभयो । उहाँले आफ्नो नेता प्रचण्ड भएको र आफूले कहिल्यै नेतृत्व दाबी नगरेको बताउनु भयो ।
‘हामीले कुनै न कुनै बेला छाड्नै पथ्र्यौ मेरो लागि अनकुल बेला यही हो भन्ने लाग्यो र छाड्ने निर्णय गरें ।’- बैठकमा भट्टराईले भन्नुभयो- आशंका नगरौं यसलाई नकारात्मक नसोंचौं । पार्टीका पुराना साथीहरुलाई पनि यो बाटोतिर लाग्न म आग्रह गर्दछु ।’
एमाओवादी नेता भट्टराईले आफूले गुटलाई भत्काउनका लागि पनि पद त्यागेको बैठकमा बताउनुभयो । पार्टीमा नेतत्व तहबाटै रुपान्तरण हुनुपर्ने र हामी आफैले नमूना बनेर मात्रै कम्युनिष्टप्रति जनताको आकर्षण बढ्ने उहाँले बताउनुभयो । बैठमा भट्टराईले आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववादको समेत व्याख्या गर्नुभएको थियो । आवश्यकता भन्दै स्वतन्त्रतालाई ख्यान नगर्ने हो भने कम्युनिष्टप्रति जनताको वितृष्ण बढ्ने उहाँले बताउनुभयो । ‘हामी बच्ने आदर्शका कारणले हो, जीवनशैलीले हो । पद नै सबै चिच होइन । म पदमा नरहेर पनि पदमा रहेको भन्दा धेरै काम गर्न सक्छु ।’ भट्राईले बैठकमा भन्नुभयो ।
वेभसाइट र टि्वटरबाट पनि उपाध्यक्ष हटाइयो
यसअघि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको पद त्यागको घोषणा फिर्ता गराउन एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु सक्रिय हुनु भएको थियो । आइतबार विहान पदाधिकारी बैठकले भट्टराईलाई पद त्यागको घोषणा फिर्ता लिन प्रस्ताव गरेको थियो भने लगतै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा व्यूरो, राज्य इन्चार्जसहितक छलफल भएको थियो । तर, भट्टराईले घोषणा फिर्ता नलिने भन्दै निजी वेबसाइट र समाजिक सञ्जाल ट्वीटरबाट समेत उपाध्यक्ष पद हटाउनु भएको थियो ।
जिम्मेवारी बाँडफाँडबारे चर्को विवाद भएपछि भट्टराईले शनिबारको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष पद त्याग गर्ने घोषणा गर्नु भएको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment