Sunday, June 30, 2013

नवलपरासी कारागारमा तनाव, थप प्रहरी परिचालन

नवलपरासी, असार १७, नवलपरासिको जिल्ला कारागारका कैदी बन्दीहरु आन्दोलनमा उत्रिएपछ कारागार प्रशासनले थप प्रहरी परिचालन गरेको जनाएको छ ।

कैदी बन्दीहरूले आफना मागहरूप्रति प्रशासनले बेवास्ता गरेको भन्दै विभिन्न माग राखी आन्दोलन थालेका छन । उनीहरूले कारागारभित्रै आत्मदाह गर्ने चेतावनी समेत दिएपछि त्यहाँको वातावरणमा तनाव थपिएको छ । यस पछि त्यहाँ थप बल परिचालन गरिएको जनाइएको छ ।

कारागारका कैदीबन्दीहरुको सुविधाहरू उपलब्ध नगराएको, मर्मत रकम दुरुपयोग भएको, सुत्केरी महिला बन्दीलाई सुविधाबाट वञ्चित गराईएकोले कारण यी कुराहरू तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

उनीहरूले राशन भत्ताको रकम वितरणमा समेत मानवीय व्यावहार नगरिएको लगायतका माग अगाडि सारेका छन ।

त्यहाँका बन्दीलाई कारागार प्रमुखले बल प्रयोग गर्ने धम्की दिएपछि कैदीहरू आक्रोसित बनेका थिए ।

नवलपरासी जिल्ला कारागारमा ३५ जनाको क्षमता भएपनि त्यहाँ अहिले १०२ जना कैदीबन्दीहरु रहेको बताइएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment