Sunday, June 30, 2013

नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने,ठिटी पछाडि राखेर बाइक कुदाएको बेलामा एम्बुलेन्सले पनि बाटो छाड्नु पर्छ,

सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्‍यो। मागहरु पूरा भए।
बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन गरेको विरोधमा। सरकारले अत्यावश्यक ऐन लगाउनुको साटो वार्ता गरेर कुरा मिलायो। माग पूरा हुने भए एक महिनाभित्र।
दूधमा त्यस्तै, केही अघि पेट्रोलियम व्यवसायीहरु कमिसन बढाउनु पर्छ भनी आन्दोलनमा उत्रिए, अब ग्यास व्यवसायीहरु उत्रँदैछन्। माग पूरा हुन्छन्।
सुन, पानी र दूध व्यवसायीहरुको आन्दोलनको अपार सफलताबाट प्रभावित भई मोटरसाइकल चालकहरुको पनि यस्तै आन्दोलन गरी माग पूरा गराउन मोटरसाइकल चालक संघ खोल्ने प्रस्ताव रकेन्द्र राजले माइसंसारमार्फत् पठाएका छन्। हेरौँ न त उनको प्रस्ताव
जो जससित सम्बन्ध छ
विषयः मोटरसाइकल चालक संघ गठनबारे।
उपरोक्त सम्बन्धमा नेपालमा अहिले जसले जे माग राखे पनि आन्दोलनबाटै पूरा भइरहेको वर्तमान परिप्रेक्ष्यमा हामी मोटरसाइकल चालकहरुको पनि एउटा गतिलो संगठन हुन अत्यावश्यक भइसकेको छ। नेपालमा अहिले १० लाख मोटरसाइकल चालु अवस्थामा रहेको अनुमान छ। हरेक वर्ष १ लाखभन्दा बढी मोटरसाइकल थपिन्छन्। काठमाडौँमा मात्रै लाखौँ मोटरसाइकल चालक छन्। तर पनि उनीहरु संगठित हुन सकिरहेका छैनन्। त्यसैले एउटा लुते ट्राफिक प्रहरीसँग पनि थरथर काँप्नु पर्ने अवस्था छ। उता सिन्डिकेटवाला बस र माइक्रोबस अनि टेम्पोहरु संगठन कै भरमा आफ्ना नाजायज माग पूरा गराउँछन्, उनीहरुलाई कसैले छुन सक्दैन, यता हामी यत्रो संख्यामा रहेर पनि संगठित नभएकै कारण केही गर्न सक्ने अवस्थामा छैनौँ। हामी मोटरसाइकलचालकहरुले वर्षेनी करोडौँको राजस्व तिर्छौँ, व्यापारीले जस्तो कर पनि छल्दैनौँ तर हाम्रो सुविधाका लागि सरकारले केही गरेको छैन। सुनदेखि लिएर पानी व्यापारीहरुसमेत आन्दोलनमा उत्रेर माग पूरा गराइरहेको अवस्थामा मोटरसाइकल चालकहरुको पनि पहिचानको सवाल उठिसकेकाले संगठन गठन गर्न अपरिहार्य भएकोले यो प्रस्ताव गरेका हौँ।
हाम्रा मागहरु
लोकतन्त्रमा बहुमतको कदर हुन्छ। सडकमा सबैभन्दा बढी संख्या हामी मोटरसाइकलवालाहरुको भएकोले सडकमा पहिलो अधिकार हाम्रो हुनुपर्छ। पैदल यात्रुहरुभन्दा बढी हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ।
ठूला गाडीले मोटरसाइकलवालालाई हेप्न र पेल्न छाड्नु पर्छ। त्यसो गरेको खण्डमा ठाउँका ठाउँ जनकारबाही भोग्नु पर्नेछ।
सडकमा जाम भएको अवस्थामा सडक पेटीबाट पनि मोटरसाइकल चलाउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो। सडक पेटीबाट मोटरसाइकल चलाउँदा पैदल यात्रुहरुले बाटो छाडिदिनु उनीहरुको कर्तव्य हुनेछ।
कार र अन्य ठूला सवारी साधनका चालकको भने लाइसेन्स चेक नहुने, हामी मोटरसाइकल चालकको मात्र जहिले नि लाइसेन्स चेक गर्ने ट्राफिकको विभेदकारी कदमको घोर भर्त्सना गर्छौँ।
मापसे चेक भन्दै रातविरात गौँडा ढुकेर मोटरसाइकलचालकलाई फन्दामा पार्ने ट्राफिक कदम तुरुन्त बन्द हुनुपर्छ।
ठिटी पछाडि राखेर बाइक कुदाएको बेलामा एम्बुलेन्सले पनि बाटो छाड्नु पर्छ। यस्तो अवस्थामा रेड लाइट पनि बाध्यकारी बनाइनु हुँदैन।
सडक जाम भएको बेलामा मोटरसाइकल चालकलाई प्राथमिकता दिएर ट्राफिकले खुलाउन अग्रसर हुनुपर्नेछ।
तपाईँहरु पनि मोटरसाइकल चालक भए आफ्ना मागहरु तल कमेन्टमा राख्न सक्नुहुन्छ। तपाईँ हामी मिलेरै मोटरसाइकल चालक संघलाई बलियो बनाउनुछ।
हाम्रो गौरवशाली संगठनका गौरवशाली सदस्य विवेकको प्रस्तावमा थप केही मागहरु
- बाइक मोडिफाई गर्न पाउनुपर्छ। सिम्पल त कान्छीको गालाको डिम्पल पनि हुन्छ नि, बाइक भनेको मोडिफ़ाइद हुनु पर्छ!
- लेन मिचेर बाटो जाम गराउन पाउनुपर्छ।
- ट्रिपल लोड गरेर चलाउन पाउनु पर्छ।
- जाम भाको बेला, रातो बत्तीमा एकछिन बस्दा खेरि वरिपरि हस्पिटल, स्कूल जे सुकै होस् मतलब नराखी हर्न बजाउन पाउनु पर्छ।
- लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न। चलाउन नसिकी लाइसेन्स कसरी लिने?
माथिका जायज माग एक महिनाभित्र पूरा नभए साउन १५ गते मोटरसाइकल चालक संघको आह्वानमा नेपाल बन्दसम्म गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ।
mero pyro nepal bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन

    ReplyDelete