Sunday, June 30, 2013

खिर खाएर सुतेका एकै घरका आठ बिरामी

इलाम १७ असार । असार १५ का दिन राति खीर खाएर सुतेका इलाम साँखेजुङ–७ का एकै परिवारका आठ जना बिरामी परेका छन् । विनोद गुरुङका परिवारका सदस्यहरु सिकिस्त बिरामी परेका हुन् । बिरामी हुनेमा कुमारी गुरुङ, तारा गुरुङ, प्रज्वल गुरुङ, दर्शन गुरुङ, सन्देश गुरुङ, राजु गुरुङ, कञ्चन गुरुङ र पद्यमाया गुरुङ रहेका छन् । खीर खाएर सुतेका आठै जना बिरामी परेको र उनीहरूको जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ ।

अहिले उनीहरूको अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ । सो घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment