Saturday, June 29, 2013

नेपालीद्धारा भारतीय पुलिस चार घण्टा कब्जामा

असार, इटहरी । अन्तर्राष्ट्रिय नियमविपरीत नेपाल छिरेका तीन भारतीय प्रहरीलाई इनरुवामा बिहीबार गाउँलेले पक्राउ गरी नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएका छन् । उनीहरुलाई चारघन्टा नियन्त्रणमा लिएर अनुसन्धानपछि प्रहरीले विराटनगरस्थित भारतीय दूतावासको क्याम्प कार्यालयमा बुझाएको छ ।
एउटा देशको सुरक्षाकर्मी ‘बर्दी’ मा अर्को देश प्रवेश गर्दा अनुमति लिनुपर्ने हुन्छ । तर भारतको खगोरिया गंगौरको बिहार पुलिसका सवइन्सपेक्टर हरेन्द्र सिंह, चौकीदार धनेश्वर यादव र गृहरक्षक कविराज राय बिना अनुमति इनरुवा आएका थिए ।
गाउँलेले एक्कासि भारतीय सुरक्षाकर्मी देखेर सोधीखोजी गर्दा बिनाअनुमति आएका थाहा हुनासाथ पक्रेर नेपाली प्रहरीको जिम्मा लगाएको नागरिक दैनिकमा खबर छ । नेपालको शान्तिसुरक्षामा खलल पुर्‍यान खोजेको र दुई देशबीचको सम्बन्धलाई असर पुर्‍याउने काम गरेको ठहर गर्दै उनीहरुलाई पक्रेर नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको राष्ट्रिय सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय उपाध्यक्ष सीताराम पोदारले बताए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment