Sunday, June 30, 2013

कसले गर्ला त ‘मिसकल’ ?

किशोर चौधरी र राजु केसीको संयुक्त लगानीमा चलचित्र ‘मिसकल’ बन्ने भएको छ । चलचित्रको गीत रेकडिङ कार्य सुरु भएको आयोजकले जनाएको छ । राकी इन्टरटेन्मेन्टको ब्यानरमा तयार हुन लागेको यो चलचित्रलाई किशोर चौधरीले निर्देशन गर्न लागेका हुन् । चलचित्रका लागि कलाकार तय भइनसकेको बताइएको छ ।गायिका मिलन अमात्य र गायक मनोज महत्तोले ‘तिम्रो हेराइले लठ्ठै बनायो, के जाँदु गर्यौ मलाई क्रेजी बनायौ’ बोलको गीतमा आवाज दिएका छन् । चलचित्रको छायांकन असारको अन्तिम साताबाट हुनेछ । चलचित्रमा इलाम, जोमसोम, चितवन लगायतका रमणिय स्थानहरु देख्न सकिनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment