Saturday, June 29, 2013

एमाओवादीबाट राजीनामा दिने रामचन्द्र झाको घोषणा

काठमाडौं, असार १५ - एमालेबाट प्रवेश गरेको तीन महिना नपुग्दै एमाओवादी केन्द्रीय सदस्य रामचन्द्र झाले पदाधिकारी नपाए राजीनामा दिने घोषणा गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिमा प्रस्ताव गरेपछि असन्तुष्ट नेता झाले पदाधिकारी नपाए सक्रिय राजनीति त्याग्ने घोषण गरेका हुन् । ‘म सक्रिय राजनीतिमा रहँदिन, चुप लागेर बस्छु,’ बीबीसी नेपाली सेवासँग शुक्रबार राति उनले भने, ‘केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु ।’ उनले आफू कुनै पनि पदनमा नबस्ने घोषित विषय भएको बताएका छन् ।

झाले पाँच सदस्यीयभन्दा ठूलो केन्द्रीय कार्यालय (हेर्डक्वार्टर) बनाउँदा आफूलाई पनि पदाधिकारीमा लैजाने सहमति भएको खुलासा गरे । ‘मसँग कुरा के हो भने यदि पाँच जनालाईमात्र पदाधिकारी राख्ने भन्ने त्यस्तो स्थितिमा तपाईंलाई स्थायी कमिटीमा लग्ने, यदि पदाधिकारीको संख्या बढ्यो भने तपाईंलाई पदाधिकारीमा लग्ने प्रस्ट मसँग चाँही कुराकानी भएको थियो,’ दाहालसँग पार्टी प्रवेश गर्दा भएको सहमति स्मरण गर्दै झाले भने,, ‘तर आज ९ जना पदाधिकारीको कुरा उहाँले प्रस्ताव गर्नुभयो र स्थायी कमिटीमा मेरो नाम पनि प्रस्ताव गर्नुभयो यो विषय मलाई चित्तबुझ्दो लाग्या छैन र त्यसमा म सन्तुष्ट पनि छैन ।’
नेता झाले ९ सदस्यीय पदाधिकारी हुँदा तराईबाट प्रतिनिधित्व नगराएकोमा आपत्ति प्रकट गरे । ‘यो दृष्टिकोणको सवाल हो नि,’ उनले भने । माओवादीका इमान्दार नेता कार्यकर्ताले पदाधिकारी चयनका लागि चुनावको माग गरेको उनको भनाइ छ ।
झाले आफूलाई पछि प्रवेश गरेको भनी योगदानको अवमुल्यन गर्न नसक्ने उल्लेख गर्दै कम्युनिष्ट राजनीतिमा कोहीभन्दा कम नभएको बताए ।
‘चैते माओवादी वा वैशाखे माओवादीको कुरा होइन, मेरो कम्युनिष्ट आन्दोलनमा कोहीभन्दा पनि कम दिनदेखिको योगदान छैन,’ उनले भने, ‘जुन दिन प्रवेश गरेको थिएँ, त्यहि दिनदेखि भनेको थिएँ, २०३१ सालदेखि छु, को कुन कार्यनीतिबाट अघि बढेको छ, त्यो त अलग विषय हो, तर म कम्युनिष्ट आन्दोलनमा निरन्तर छु, कोहीभन्दा कम छैन । नरबहादुरजीसहित अरु केहीबाहेक म कोहीभन्दा कम छैन ।’
एमाओवादीमा जनयुद्ध नलडेकालाई अवमुल्यन भएको उनको संकेत थियो । ‘बन्दुक लिएर लड्नेमात्र लडाईं हो र ? कोही ब्यालेट लिएर लडेको छ, विचार र दृष्टिकोण लिएर लडेको छ आज उहाँहरु कहाँ आउनुभएको छ । शान्तिपूर्ण प्रतिस्पर्धामा आउनुभएको छ,’ उनले भने, ‘जनयुद्धबाट आएका लडाकाहरुकोमात्रै महत्व हुन्छ भने अरु किन जाने अरुको काम के छ ?’
एमाओवादीको केन्द्रीय समिति जम्बो बनाउने तयारीप्रति नेता झाले असहमति राखे । ‘अहिलेसम्म त भद्रगोल नै छ,’ उनको टिप्पणी थियो, ‘मेलाजस्तै छ ।’
पदाधिकारी चयनमा असन्तुष्टि राख्दै झा शुक्रबारको केन्द्रीय समिति बैठकमा सहभागी भएनन् ।
lumbini khabar site bata shavar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment