Friday, June 28, 2013

एमाले उभय लिङ्गी होइन : नेपाल

वीरगञ्ज- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललले मंसिरमा चुनाव हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। अन्तर्राष्ट्रिय समुदाय, दातृ निकाय र जनता चुनावको पक्षमा रहेकाले संविधान सभाको निर्वाचन समयमै हुने उनले दाबी गरे।

पार्टीमाथि लाग्ने गरेको आरोप सशक्त ढंगले खण्डन गर्न नेता नेपालले कार्यकर्तालाई अह्‍वान गरे। '२०६३ साउनमै नेकपा एमालेले संघीयताको पक्षमा जारी गरेको दस्तावेजको नक्कल गर्नेहरुले आफूलाई संघीयतावादी र एमालेलाई संघीयताविरोधी भन्ने गरेका छन्,' वीरगञ्ज रामगढवास्थित एमाले पर्सा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, 'कार्यकतालाई पनि हो कि? जस्तो लाग्नु हुँदैन। हाम्रो पार्टीको धार नै छैन भन्छन्, उनीहरुले भनेजस्तो एमाले पार्टी उभय लिङ्गी होइन्, तपाईँहरु क्लियर हुनुस्।'

मंसिर ४ मा हुने भनिएको निर्वाचनको विरोधमा रहेका राजनीतिक दललाई 'लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधान सभाको चुनावमा सहभागी हुन' उनले आग्रह गरे। पूर्व प्रधानमन्त्री नेपालले आगामी संविधान सभामा सभासद् संख्या ६ सय १ बनाउनु हुँदैन भन्ने आफूहरुको अडान रहेको बताए।

एकीकृत माओवादी बन्दुकको धंगधंगीबाट मुक्त हुन नसकेको उनले टिप्पणी गरे। स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन दिएको बचन पूरा नगरेर एकीकृत माओवादी पार्टीले धोका दिएजस्तै पछिल्लो पटक प्रधानमन्त्री बनाउन भनेर सुशील कोइरालालाई धोका दिएको नेपालले आरोप लगाए।

पूर्व राजा ज्ञानेन्द्र शाहले मठ मन्दिरमा पूजा गर्दैमा राजतन्त्र फर्किँदैन भनि नेता नेपाले टिपपणी गरे। 'माइस्थानको दर्शन गर्दैमा राजतन्त्र फर्किन्छ भन्ने चिन्ता गर्नु हुँदैन्,' नेता नेपालले पूर्व राजातर्फ इंगित गर्दै भने, 'हामीलाई आपत्ति छैन्, तपाईँ पूजा गर्नुस्, साधु हुनुस्, जोगी हुनुस् वा ब्यपार गर्नुस्।' एमाले छोडेर गएकाहरु फर्किन चाहे पार्टी स्वागत गर्न तयार रहेको उनले बताए। कार्यकर्ता भेला लगत्तै नेता नेपालले पत्रकारसँग छलफल गरेका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment