Saturday, June 29, 2013

बैद्यका अर्का सम्धी पनि एमाओवादी कै नेता

१६ असार, काठमाण्डौं । दुई नेता निकै हतारमा थिए । दुलहीका बुबा बैठकको तयारीमा थिए भने दुलाहाका बुबा बैठक जाने तयारीमा । एउटालाई शनिबारदेखि सुरु हुने बैठकको तयारी गर्न पोखरा जाने हतार, अर्कोलाई पार्टी जिम्मेवारी बाँडफाँट के होला भनेर पेरिसडाँडा पुग्ने चटारो । तर यही चटारोबीच दुबैले शनिबार बिहान २ घन्टामै आफ्ना सन्तानको बिहे सम्पन्न गराए ।
असार १५ मा किसानलाई रोपाइँमा जानेजस्तै शनिबार हतारमा रहेका दुई सम्धी थिए नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य केशव नेपाल । बैद्य पोखरा जाने तयारीमा थिए भने नेपाल पेरिसडाँडा पुग्ने । तर हतार हतार नेपालका एक्ला छोरा अनज र वैद्यकी कान्छी पुत्री सृजनाबीच शुक्रबार लगनगाँठो कसियो ।
‘बुधबार बिहेको कुरा छिनियो । बिहीबार काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा कोर्ट म्यारीजका लागि निवदेन दिए,’ एक जन्तीले भने, ‘शुक्रबार दुवै नेतालाई बैठकको हतारो थियो । बिहे बिहानै सक्ने निर्णय भएको हो ।’ बैद्यले दुई पार्टीको वैचारिक कारणले सम्धी नेपाललाई बिहे आफ्नो घरमा नगर्ने कि भनेर जिज्ञासा राखेपछि नेपालले कोर्टबाटै घर लैजाने जवाफ दिएको नागरिक दैनिकमा खबर छ ।
बैद्यको घरबाट एकाएक बैठकमा हिँड्न हतार छ, बिहे बिहानै सक्ने कि ? भनेर नेपाल परिवारलाई फोन गएपछि दुई घन्टामा बिहे सकाइएको थियो । इन्जिनियरिङ पढिरहेका अनुज एकीकृत माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् । २०६३ सालमा अनुज बुबासँगै एमाओवादीमा प्रवेश गरेका थिए । सृजना स्नात्तककोत्तर गरिरहेकी छिन् ।
बैद्यका अर्का सम्धी एमाओवादीकै नेता एवं प्रवक्ता अग्नि सापकोटा हुन् । एउटै पार्टीमा रहेका बेला उनीहरुवीच नाता सम्बन्ध जोडिएको भएपनि बैद्यले कान्छी छोरीको बिबाह भने आफै फुटेर आएको माउ पार्टीका नेताका छोरासंग गरिदिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment