Sunday, June 30, 2013

विशेषज्ञ डाक्टर नै २९ जना फेल

१७ असार, काठमाण्डौं । तीन बर्षसम्म विशेषज्ञ तह पढेका चिकित्सक नै काउन्सिलको परीषामा फेल भएका छन् । शनिबार विशेषज्ञ चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीषामा सहभागी १ सय ९९ मध्ये २९ चिकित्सक फेल भएका हुन् ।

एउटा विशेषज्ञले अभ्यास गर्न जान्नैपर्ने खालका प्रश्न परीषामा सोधिने गर्छ । काउन्सिलले गत पुसमा पहिलोपटक विशेषज्ञ चिकित्सकका लागि लिएको लाइसेन्स परीषामा २ सय ८७ सहभागी भएकामा १३ जना फेल भएका सोमबार प्रकाशित नागरिक दैनिकमा खबर छ । विशेषज्ञ चिकित्सकका लागि शनिबारको परीक्षा दोस्रो हो । मिर्गौला रोग, मुटुजस्ता विषयका विशेषज्ञका लागि भने पहिलोपटक मात्रै परीक्षा भएको थियो । अघिल्लो परीषामा २५ विषयका विशेषज्ञ सामेल भएकोमा यसवर्ष ३८ विषयका विशेषज्ञ परीक्षामा सहभागी थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment