Thursday, June 27, 2013

शान्ति मन्त्रालयले निर्माण गर्न लागेको सडकको काम रोकियो

सुर्खेत- शान्ति मन्त्रालयको लगानीमा सुर्खेतको लेखपराजुल–६ सत्तरीदेखि मोहटीसम्म निर्माण गर्न लागिएको सडकको काम रोकिएको छ। जिल्ला वन कार्यालय सुर्खेतले चुरे वन क्षेत्रमा डोजर लगाएर सडक निर्माण गर्न लागेको भन्दै निर्माण कार्य रोकेको हो। असार–१ गते उक्त सडक निर्माण समितिका अध्यक्ष एवम् जगन्नाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलबहादुर वलीलाई जिल्ला वन कार्यालय सुर्खेतले पक्राउ गरी निर्माण कार्य रोकेको हो।

उक्त कृषि सडक गाविसका लागि निर्माण गर्न लागिएको थियो। रु दुई लाखको लगानीमा निर्माण गर्न लागिएको सडकको काम सुरु गर्न वन विभागसँग समन्वय गरिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख रेवतीरमण पराजुलीले बताए। निर्माण समितिका अध्यक्षले कसैसँग समन्वय नगरी सडक निर्माण गर्न खोज्दा वनले रोकेको उनको भनाइ छ।

यता शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले आफूहरूले शान्ति मन्त्रालयको लगानीमा निर्माण गर्न लागिएका संरचनाको निर्माणका लागि सत्यतथ्य बुझेर अनुकूल वातावरण बनाउने बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment