Sunday, June 30, 2013

एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौन प्यास मेटाइदिए बापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याउन सफल

७७ वर्षकी एक जापानी महिलाले ७९ वर्षे पुरुषको यौनको प्यास त मेटाइन् तर त्यो वृद्धलाई घरको न घाटको समेत पारिन् । पछिल्लो ७ वर्षभित्र त्यो वृद्धको पुरुषको ओछ्यान तताइदिएबापत कुल ४ करोड अमेरिकी डलर बराबरको रकम कुम्ल्याउन सफल भइन् । ती महिलाले हरेक पटकको सेक्समा त्यो मान्छेसँग रकम माग्थिन् र त्यो पुरुषले पनि खुरुखुरु रकम दिन्थ्यो । ती महिलाले आफुसँग ऋण मागेका होलिन् भन्ठानेर उसले रकम दिएको रहेछ । तर ती महिलाले लगातार पैसा माग्ने र लगेको पैसा फिर्ता गर्नेतिर ध्यान नै नदिएपछि बुढो झस्किएछ र पैसा मागेछ । तर उनले त्यो पैसा सेक्स बापत पारिश्रमिकको रुपमा आफुले लिएको बताइन् । इन्तु न चिन्तु भएर अन्त्यमा त्यो पुरुष आफु ठगिएको भन्दै ती महिलाविरुद्ध अदालतमा गयो । मध्य जापानको सिजुओकामा रहेको एक अदालतले ती महिलाले पुरुषसँगबाट लिएको सबै रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ । यद्यपि ती महिलासँग न त त्यो रकम फिर्ता गर्ने क्षमता छ, न त इच्छा नै । तर अदालतको फैसला कार्यान्वयन गराउन त्यो पुरुषले अब विभिन्न उपाय भने अपनाउन पाउनेछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment