Sunday, June 30, 2013

एटीएमबाट नोट सट्टा सर्प निस्कियो ! (भिडियो सहित)

हुन त एटीएम मेसिनबाट नोटहरू निस्कने गर्दछ, तर नोट निस्कनुको सट्टा एटीएमबाट सर्ष निस्कियो भने तपाइँलाइ कस्तो लाग्ला ?

आश्चर्य नहुनुस, यस्तै एक घटना स्पेनमा भएको छ । एक कस्टमर एटीएमबाट पैसा निकाल्न गैरहेका थिए । तर उक्त मेसिनबाट पैसा भन्दा पहिला सर्प निस्किएपछि उनी छक्क परेका थिए ।
उनले एटिएम मेसिनमा सर्प देखिएपछि प्रहरीलाइ बोलाएका थिए । प्रहरीले आफुले लिएको डण्डाले उक्त सर्पलाइ मेसिनबाट बाहिर निस्कनका लागी चलाएका थिए ।
तर, सर्प पैसा निकाल्ने स्लटमा फसेको थियो । प्रहरीले बिभिन्न तरिका गरि उक्त सर्पलाइ भने त्यस मेसिनबाट मुक्त गर्यो । त्यसपछि सर्पलाइ एनिमल शेल्टरमा पठाइएको छ ।

अहिले उक्त सर्प एटिएम मेसिनमा कसरी पुग्यो भन्ने कुराको अनुसन्धान भैरहेको कुरा प्रहरीले जनाएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment