Sunday, June 30, 2013

हेर्नुस त कस्तो अचम्म नाकको कुन प्वालबाट सास फेर्ने भन्ने कानुन


अमेरिकामा प्रजातन्त्र र कानूनको चर्चा अघिल्लो पटक मेक्सिको जाँदा पनि मैले उठाएको थिएँ। त्यतिबेला विप्लव हलिमले ठट्टा गर्दै भनेको थियो, “अमेरिकामा नाकको कुन प्वालबाट पहिले सास फेर्नुपर्छ भन्ने पनि कानून हुन्छ।” मैले हाँसेर त्यसलाई उडाएको थिएँ। अहिले कुरो सुन्दै जाँदा हो कि जस्तो लाग्न थालेको छ। यहाँ आएदेखि नै प्रायः सबैको मुखबाट कानून, कानून शव्द सुन्दा दिक्क लाग्न थालेको छ। कानून भन्दा बाहिर के कुनै संसार छैन? हुंदैन? कानूनले निर्देशित नगरेका क्षेत्रमा के कुनै जीवन टिक्नै सक्दैन? मैले आफ्नो संपर्क अधिकृत जर्जसंग सोधें, “प्रजातन्त्रमा यति धेरै कानून चाहिन्छ र जर्ज?”

जर्ज नासिफ, अर्थात तपाईंले पहिले नै चिनेको हाम्रो सम्पर्क अधिकृत असाध्ये बाठो र रमाइलो छ। धेरै विदेशीहरुसँग सम्पर्क राख्ने मौका पाएको हुनाले भाँती पुर्‍याएर बोल्न पनि जान्दछ। शान्त्वना दिन, फुर्क्याउन र उस्तै पर्दा मान्छेलाई उडाउन पनि सिपालु छ।
त्यसैले मेरो कुरो सुन्ने बित्तिकै उसले बडो गम्भिर भएको नाटक गरेर भन्यो, “ओ … डियर नेपाल, धेरै ट्याक्स संकलन गरेर हामीलाई धेरै सुविधा उपलव्ध गराउन सरकारलाई धेरै कानून चाहिन्छ।” उ बोल्दा बोल्दै हामी सबै हाँस्यौं। कति बाठो मान्छे!
अमेरिकी राज्यहरुका बीचमा भिन्नता पनि धेरै नै रहेछन्। कतै सबैको चुनाव हुने, कतै धेरैको चुनाव नहुने, कतै एक सदनात्मक व्यवस्था कतै दुइ सदनात्मक, कतै मृत्युदण्ड छ कतै मृत्युदण्ड छैन … यस्तै बिचित्रता। घरी घरी कुरा सुन्दा लाग्ने –
अमेरिका भनेको एउटा देश हो कि यो देशहरुको महादेश हो?

लामो समयमा धेरै कुरा सुनिए। क्रिसले अमेरिकामा पनि विद्युत संकट रहेको, व्ल्याकआउट पनि हुने गरेको सम्म जानकारी गराए। ती मसिना कुरातिर नजाउँ। उनले भनेको एउटा कुराले साह्रै घत पारेको छ। नेपालमा गर्नुपर्ने काम पनि हो यो। गर्न सकिन्छ
सकिन्न थाहा छैन। यसो नोट चाहिं गरिहालौं कि! काउन्सिल अफ स्टेट गभर्नमेण्टले एउटा तालिम संचालन गर्दोरहेछ। त्यसले आग्रह गर्ने जोकोहीलाई पनि तालिम दिंदो रहेछ।

तर त्यसले आफ्नै पहलमा विधायक र राज्य कर्मचारीहरुलाई सम्बन्धित विषयमा तालिम दिंदो रहेछ, उनीहरुको क्षमता अभिवृद्धिका ठोस योजनाहरु बनाएर प्रत्येकलाई दक्षता प्रदान गर्ने काम गर्दोरहेछ।

नेपालमा कसैले अथवा कुनै निकायले यो काम गरिदिए कति भलो हुन्थ्यो?

हामी सबैले यो संस्थाको संबन्ध नेपालका जिबिस, गाविस र नगरपालिका महासँघहरुसँग गराउनु पर्छ भन्ने निष्कर्ष निकाल्यौं।

आज दिउंसोको खाना एउटा चाइनिज रेष्टुराँमा खाइयो। प्रतिव्यक्ति १५ डलर पर्‍यो। खाँदा खाँदै हामीले आफैंसँग गुनासो गर्‍यौं, “नेपालमा त सय रुपैयाँमा यो भन्दा धेरै राम्रो र सस्तो खाना खान पाइन्थ्यो।” फेरि सबैले सबैलाई सम्झायौं, “यहाँ आएर
नेपालको पैसा सम्भि्कन हुंदैन। पन्ध्र डलर भनेको पन्धै्र रुपिया त हो। त्यसैले यो धेरै सस्तो हो। त्यसैले मनलाई सम्झाउँ – पन्ध्र रुपियाँमा हामीले नेपालमा पचास रुपैयाँ पर्ने राम्रो चिनिया खाना खायौं।”

“अमेरिकामा चिनिया खाना खानपाएकोमा गर्व किन गर्नु पर्‍यो र? नेपालमा पनि पाइहालिन्छ नि यो,” हामी सबै खाँदा खाँदै हाँस्यौं। हाम्रा सम्पर्क अधिकृतहरु छक्क परे।
अमेरिका, काठमाण्डौमा भनिए भन्दा फरक छ। खुलापन, शायद उनीहरुका बीचमा होला – तर विदेशीहरुको संसर्गमा खुलापन हुंदैन। हुनपनि प्रशंशा, मानविय स्वभाव हो र जीवित मान्छे यसबाट पृथक रहनै सक्दैन। त्यसैले यहाँ पनि तपाईंले, ‘अहो, तपाईंको काम
कति राम्रो, सुन्दर अत्यन्तै सुन्दर, तपाईंका कुरा सुनेर मैले धेरै सिकें,’ जस्ता शव्दहरु बोलिदिनु भयो भने उनीहरु दङ्ग पर्दा रहेछन्।

आजदेखि मैले यस्तो भाषा बोल्न सिकेको छु। उनीहरु पनि साह्रै खुशी भए। काठमाण्डौ गएर हर्कलाई म भन्नेछु, “हर्कजी, यो कार्यक्रममा जानेहरुलाई सबैखाले प्रश्न सोध्न प्रेरित नगर्नुस्। सुन्दा राम्रा लाग्ने, प्रशंसा गरेको सुनिने जस्ता प्रश्नहरु सोध्न मात्रै प्रेरित गर्नुस्। नमिठो केही लाग्यो भने बरु यहीं आएर हामीलाई सुनाउनु होला भन्नुस्। मान्छेलाई अनौपचारिक हुन होइन, औपचारिक हुन सल्लाह दिनुस र भ्रमणलाई सुखद बनाउन सहयोग गर्नुस्।”

हेरौं, हर्कले कसरी बुझ्नु हुन्छ! तर मैले चाहिं आजका मितिदेखि तपाईंले असाध्यै राम्रो कुरा गर्नुभयो, साह्रै खुशी लाग्यो, हामी पनि कोशिश गर्छौं बाहेक अरु केही नबोल्ने निर्णय गरेको छु। त्यसले मेरो अमेरिका बसाइलाई आनन्दमय तुल्याउने छ र हाम्रा
आतिथेयहरुको मन पनि प्रफुल्ल हुनेछ।

आज फर्किने टिकट मिलाउदा पनि हैरान भैयो। बेकारको हैरान हो यो। काठमाण्डौमा ट्राभल एजेण्टले – सबैको टिकट ओपन छ, अमेरिकामै गएर मिलाउनु होला भनेको रहेछ। मलाई पनि भनेको त थियो, तर मेरो मिलाउनु थिएन। जति बस्नु छ, त्यो नै मेरा
लागि पहाड हुन थालिसकेको थियो। तर अरु केही साथीहरु यहाँ दुइ चार दिन बस्न चाहनु हुन्थ्यो। डम्बर लस एंजल्समा दिदीसँग केही दिन बिताउन चाहनु हुन्थ्यो, बिनय मिनियापोलिसमा छोरासँग केही दिन बस्न चाहनु हुन्थ्यो – बिचरा उहाँहरुको मनै भरङ्ग भयो।

काठमाण्डौमा भनिए जति टिकट मिलाउन सजिलो भएन। नर्थवेस्टको कर्मचारीले त विनयजीलाई सिटै छैन भनिदियो। डम्बरलाई पनि अर्को रुट गर्ने हो भने थप पैसा लाग्छ भनिदियो। अर्जुन बाठो मान्छे, सबैकुरो काठमाण्डौमै मिलाएर आउनु भएको रहेछ। फर्किंदा पनि उहाँको रुट हङ्गकङ्गको रहेछ। म, बलायर, विद्या, सुशिल चार जनाले अतिरिक्त बस्नु थिएन। हाम्रो टिकट सजिलै मिल्यो। विशेष गरेर दुइ जनालाई अलिक गाह्रो भयो।
विनयजीलाई हामीले सल्लाह दियौं, “नेब्रास्का मिनियापोलिसको नजिकै पर्छ, तपाईं नेब्रास्काबाट एटलान्टा नजानुस्। छोरालाई नेब्रास्का बोलाउनुस् र मिनियापोलिस जानुस्, चार दिन त्यहीं बिताउनुस् र बीस तारिखका दिन त्यहींबाट जहाज चढ्नुस्, जहाजमा भेट
भैहाल्छ।” उहाँ अत्यन्तै खिन्न हुनुहुन्छ , तर त्यसै गर्नुपर्ला भन्ने मन बनाउनु भएको छ।
mysansar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment