Thursday, June 27, 2013

जुन अस्पतालमा बिरामीको उपचारका लागि ‘वेश्या’ आउँछन्

विश्वमा विरामीको उपचार, हेरचाह र रेखदेख गर्न फरक–फरक पद्धति अपनाइदैं आएको पाइने गरिएको छ । तर, विरामीलाई खुशी पार्न यौनकर्मीलाई अस्पतालमा उपस्थित गराइन्छ भने खबर भने अनौंठो लाग्न सक्छ ।


एक ब्रिटिस नर्सिङ होममा विरामीलाई खुशी राख्न यस्तो तरिका अपनाइदैं आइएको छ । चस्ले ट्रस्ट नामक ब्रिटिस नर्सिङ होमले आफ्ना विरामीलाई खुशी राख्न यौनकर्मीहरुलाई पैसा तिरेर बोलाउने गरेको छ ।


उक्त नर्सिङ होमले आफ्ना विरामीका लागि बेलाबेलामा ‘कल गल्र्स’लाई नर्सिङ होममा उपस्थित गराउने गर्छ । ती यौनकर्मीहरु नर्सिङ होममा उपस्थित हुँदा प्रयोग हुने एउटा कोठा छ, जहाँ ‘डु नट डिस्टर्व’ लेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।


यद्यपी उक्त समयमा विरामीमाथि हुन सक्ने असभ्य व्यवहारलाई भने नर्सिङ होम प्रशासनले विशेष ख्याल गर्ने गरेको जनाइएको छ । नर्सिङ होमकी म्यानेजर हेलेना बेरोले हरेक व्यक्तिका आफ्ना–आफ्ना आवश्यक्ता हुने भन्दै आफूहरु उनीहरुलाई मद्दत नै गर्न बसेको प्रतिक्रिया दिंदै आएकी छिन् ।

उनले आफ्नो अस्पतालको यस्तो पद्धतिको बारेमा बोल्दै यसमा कुनै गलत नभएको र आफ्ना विरामीको ख्याल राख्नु आफूहरुको कतव्र्य भएको बताउँदै आएकी जनाइएको छ । तर, कतिपयले भने यस्तो तरिकालाइृ गलत मान्दै आएका छन् । –एजेन्सीको सहयोगमा ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment