Thursday, June 27, 2013

बाढी पीडितमाथि चढेर रिपोर्टिङ गर्ने पत्रकारको जागिर गयो (भिडियोसहित)

असार १३ । उनीहरुको घरधन बाढीले लगेको थियो । त्यही मध्ये एक जनाको काँधमा चढेर एक पत्रकारले रिपोर्टिङ गरेका थिए । तर त्यसरी रिपोर्टिङ गर्ने पत्रकारको जागिर भने चट भएको छ ।

स्थानीय पीडितको काँधमा चढेको भिडियो युट्युवमा सार्वजनिक भएसँगै त्यसको चौतर्फी विरोध भएपछि पत्रकार नारायण पार्गेन कार्यरत टेलिभिजन संस्था न्युज एक्सप्रेसले उनलाई अमानवीय व्यवहार गरेको भन्दै बर्खास्त गरेको हो ।


उत्तरी भारतमा ८ सय भन्दा बढीको ज्यान जाने गरी गएको प्राकृतिक प्रकोप बाढी पहिरोको रिपोर्टिङका क्रममा पत्रकार नारायण पार्गेनले बाढी पीडितको काँधमा बसेर रिपोर्टिङ गरेका थिए ।

उनी कार्यरत संस्थाले पार्गेनले ठुलो गल्ती गरेको स्वीकार्दै उनलाई बर्खास्त गरेको हो । उक्त टेलिभिजनले त्यो भिडियो टेलिभिजनबाट प्रसारण नगरेको पनि जनाएको छ ।

तर पत्रकार पार्गेनले भने बाढीले बगाएको आफ्नो घरको रिपोटिङ गर्नका लागि ती पीडितले काँधमा चढ्न आग्रह गरेकाले आफूले उनको मन बुझाउनका लागि काँधमा चढेको बताएका छन् ।

पार्गेनले यसरी काँधमा चढेर रिपोर्टिङ गरेका थिए भिडियोमा हेर्नुहोस्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment