Friday, June 28, 2013

खेल खबर : स्पेन कनफिडेरेसन कपको फाइनलमा

१४ असार, काठमाण्डौं । विश्व विजेता स्पेन ब्राजिलमा जारी कनफिडेरेसन कप फुटबलको फाईनलमा प्रवेश गरेकेा छ ।
गएराती भएको खेलमा इटलिलाई टाईब्रेकरमा ७-६ ले पराजित गर्दै स्पेनले ब्राजिलसँगको फाइनल भिडन्त पक्का गरेको हो । फोर्टलेजामा भएको खेलमा इटलीले स्पेनलाई दबावमा राखेपनि गोल गर्न सकेन । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुबै टोलीले ५-५ गोल गरेपछि सडन डेथमा इटलीका डिफेन्डर लियोनार्दो बोनुचीले प्रहार बाहिरिँदा भने स्पेनका नाभासले गोल गरेपछि ७-६ को जित हात पार्‍यो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment