Sunday, June 16, 2013

चितुवाको डरले स्कुल जानै छाडेपछि…

२ असार, बैतडी । चितुवाले छ महिनायता एक वयस्क पुरुष र १९ बालबालिकाको ज्यान लिएपनि बैतडीको तल्लो स्वराड क्षेत्रका चार गाविसका विद्यालयमा पढ्ने बालबालिका स्कुल जान छाडेका छन् ।
एकै दिन तीन तीन ठाउँमा मान्छे खाएपछि चितुवा तनि वा त्यसभन्दा बढी रहेको अनुमान गर्दै गाउँले आतंकित बनेको कान्तिपुर दैनिकमा खबर छ । ‘डरले बालबालिका स्कुल नआउने मात्र होइन,’ विशालपुर माविका शिक्षक केशवसिंह विष्टले भने, ‘अभिभावकले नै डरले पठाउन सकिरहेको छैनन् ।’ विशालपुर, शिवनाथ, उदयदेव र मेलोलीलगायत गाविसमा चितुवा आतंक फैलिएको उनले बताए |
कसरि आक्रमण गर्यो त त्यो हेर्न तल जानुहोस भिडियोमा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नु होस् ।

0 comments:

Post a Comment